Jankari Kendra
२२ आश्विन २०८३, बिहीबार

एभरेष्ट कलरको आईपीओ आजदेखि खुला

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८३, बैशाख, १६
एभरेष्ट कलरको आईपीओ आजदेखि खुला

काठमाडौं । एभरेष्ट कलर लिमिटेडले आज वैशाख १६ गतेदेखि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि साधारण शेयर (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले आफ्नो जारी पूँजी ३० करोड रुपैयाँको १६.३३ प्रतिशत बराबर ७ करोड ९० लाख रुपैयाँको आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो।

यसअनुसार प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल ७ लाख ९० हजार कित्ता शेयर जारी गरिनेछ। जारी गरिने कुल शेयरमध्ये १० प्रतिशत अर्थात ७९ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि छुट्याइएको छ। उक्त शेयरमा आवेदन दिन श्रम स्वीकृति लिएका नेपाली नागरिक मात्र योग्य हुनेछन्।

इच्छुक आवेदकहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ७ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति वैशाख २२ गते बैंकिङ समयभित्र तोकिएको छ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले सम्हाल्नेछ।

Top Changing Nepal

युट्युब सट्स