जुम्लाका आठ बस्ती स्थानान्तरण गर्न प्रस्ताव
काठमाडौँ । विपद्को उच्च जोखिममा रहेको भन्दै जुम्लाका आठ बस्ती स्थानान्तरण गर्नुपर्ने प्रस्ताव राखिएको छ । आज बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा सिञ्जा र हिमा गाउँपालिकाका अध्यक्षद्वय पूर्णप्रसाद धिताल र लक्ष्मण शाहीले बस्ती स्थानान्तरणको प्रस्ताव गरेको हो ।
सिञ्जा गाउँपालिकाका अध्यक्ष धितालले जोडु, तल्लो भाडगाउँ, चुलेलगाउँ, घोडेङ्गा बस्ती बेलैमा नसारे ठूलो क्षति व्यहोर्नुपर्ने बताए । त्यस्तै, हिमा गाउँपालिकाका अध्यक्ष शाहीले मोफ्ला र पातरखोला बस्तीलाई जतिसक्दो छिटो सार्नुपर्ने अवस्था आएकोले जिल्ला विपद् व्यवस्थापन समितिले यसको पहलकदमी लिन अनुरोध गरे ।
त्यस्तै, तिला गाउँपालिकाको घोडेसिन गाउँ पनि पहिरोको उच्च जोखिममा रहेको छ । उक्त बस्तीलाई समयमै स्थानान्तरण नगरे धनजनको क्षति हुने गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायाले जानकारी दिए । कनकासुन्दरी गाउँपालिकाका बारकोटे गाउँलगायतका केही बस्ती उच्च जोखिममा रहेको सरोकारवालाले जनाएका छन् ।
जिल्ला प्रशासन कार्यालय जुम्लाले विपद्बाट प्रभावित यहाँका करिब तीन सय घरपरिवारलाई राहत दिने तयारी गरेको छ । सो क्षेत्रमा ८५ घर पूर्ण क्षतिग्रस्त र दुई सय घरमा आंशिक क्षति पुगेको जनाइएको छ । क्षतिको एकीन विवरण भने पालिकामार्फत लिइने जनाइएको छ ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
