• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
११ असार २०८३, बिहीबार
११ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

जी.ओ. अटोमोबाइल्स र जेएसडब्लूएमजी मोटर इन्डियाद्वारा नेपालमा एमजी कम्युट ईभी सार्वजनिक, मूल्य ३४ लाख ९९ हजार रुपैयाँ
  • ६ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १८ घण्टा 

प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश
  • १९ घण्टा 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • २० घण्टा 

२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २० घण्टा 

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य
  • १ दिन 

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु
  • १ दिन 

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन
  • १ दिन 

दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान
  • १ दिन 

लोकप्रिय समाचार

  • १. शाहरूखलाई पछि पार्दै रणवीर सिंहले लिए सबैभन्दा बढी पारिश्रमिक

  • २. तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो, सतर्कता अपनाउन आग्रह

  • ३. २०८३ असार ०७ गते आईतवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. एकैदिन ट्राफिक कारबाहीबाट २२ लाख ९६ हजार राजस्व सङ्कलन, २ हजार ६ सय ४१ चालक कारबाहीमा

  • ५. दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान

  • ६. बैंक तथा वित्तीय संस्थाका लागि नक्सा सेवा अब ‘मेरोकित्ता’ बाट मात्र प्रदान गरिने

  • ७. रोनाल्डो चम्किँदा पोर्चुगलद्धारा उज्वेकिस्तान ५–० ले पराजित

  • ८. २०८३ असार ०६ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ९. फिफा विश्वकपमा भाग लिएको ९२ बर्ष पछि इजिप्टको पहिलो जीत

  • १०. नक्कली गहनाले भाँडियो विवाह, बेहुलीबिनै जन्ती फर्कियो

सवा २ लाख टन मल आउँँदै

जानकारी केन्द्र २०७९, आश्विन, २७

काठमाडौं । धान रोप्ने बेला किसानलाई पर्याप्त मल दिन नसकेको सरकारले हिउँदे बाली र चैते धान लगाउने सिजनमा रासायनिक मल अभाव हुन नदिन तयारी तीब्र पारेको छ।

आगामी यामका लागि करिब सवा २ लाख मेट्रिक टन रासायनिक मल ल्याउने प्रक्रिया अघि बढाएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। ‘हिउँदे बालीका लागि पर्याप्त रासायनिक मल ल्याउने तयारीमा छौं,’ कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले भने, ‘यो वर्ष अब मल अभाव हुन दिँदैनौं।’

मल अभाव हुन नदिन सरकारले यो वर्ष रासायनिक मलका लागि करिब ३१ अर्ब रूपैयाँ बजेटको व्यवस्था गरेको छ। चालु आवको बजेट भाषणमा १५ अर्ब रूपैयाँ विनियोजन गरेको भए पनि थप १६ अर्ब रूपैयाँ स्रोत सुनिश्चितता लिइसकेको मन्त्रालयले जनाएको छ। ‘समयमा मल खरिद गर्न थप १६ अर्ब रूपैयाँ बजेटको स्रोत सुनिश्चितता लिइसकेका छौं,’ प्रवक्ता सञ्जेलले भने, ‘अब किसानले मल पाउँछन्।’

सरकारले कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत २ लाख २७ हजार मेट्रिक टन मल आयात गर्न लागेको हो। केही मल स्टक छ भने केही टेण्डर गरेर आउने प्रक्रियामा छ। कृषि सामग्री कम्पनीले १ लाख मेट्रिक टन मलका लागि ग्लोबल टेण्डर गरेर केही आइसकेको र अरू आउने क्रममा रहेको प्रवक्ता प्रकाश सञ्जेलले बताए। सन्जेलका अनुसार ३० हजार मेट्रिक टन युरिया मल ल्याएर धानको टप ड्रेसिङमा प्रयोग भएको छ। ‘३० हजार डिएपी प्राप्त भैसकेको छ,’ सञ्जेलले भने, ‘अन्य आउने क्रममा छ।’

थप ३० हजार मेट्रिक टन युरिया विशाखापटनम बन्दरगाहमा व्यागिङ भएर रेलवेमा सिपमेन्टको क्रममा रहेको कृषि सामग्री कम्पनीले जनाएको छ।

सरकारले मल अभाव हुन नदिनका लागि भारतसँग जिटुजी पनि गरेको छ। जिटुजीबाट पहिलो चरणमा ३० हजार मेट्रिक टन युरिया मल खरिदका लागि भारतलाई पर्चेज अर्डर पठाएको प्रवक्ता सन्जेलले बताए।

ग्लोबल टेण्डरबाट मल खरिद गर्दा समयमा मल नआएपछि हरेक वर्ष किसानले मलको अभाव झेल्दै आएका थिए।सरकारले चालु आवमा जिटुजीबाट १ लाख ७० हजार मेट्रिक टन ल्याउने तयारी गरेको छ। यो वर्ष मात्र नभए आगामी वर्ष पनि जिटुजीबाट ल्याउन भारतसँग सहमति गरिसकेको छ। भारतले आव २०८०र८१ मा १ लाख ९५ हजार, २०८१र८२ मा २ लाख १० हजार र २०८२र८३ मा २ लाख १० हजार मेट्रिक टन मल दिन सहमति जनाइसकेको छ।

सरकारी स्वामित्वको कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले विश्व बजारबाट मल खरिद गरेर ल्याई अनुदानको मल बिक्री गर्दैै आएका छन्। जिटुजी गरेर ल्याउने भल भने भारतको सरकारी कम्पनीबाट सिधै खरिद गर्छन्।

कृषि सामग्री मात्र नभएर साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत पनि रासायनिक मल आयात भैरहेको छ। कर्पोरेसनमार्फत ३० हजार मेट्रिक टन युरिया मल भारतको विशाखापटनम बन्दरगाहमा नेपालका लागि लोडिङ भैरहेको र असोजको अन्तिम सातासम्म वीरगन्ज आइपुग्ने मन्त्रालयले जनाएको आजको नागरिक दैनिकमा खवर छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
जी.ओ. अटोमोबाइल्स र जेएसडब्लूएमजी मोटर इन्डियाद्वारा नेपालमा एमजी कम्युट ईभी सार्वजनिक, मूल्य ३४ लाख ९९ हजार रुपैयाँ
आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश

ताजा

जी.ओ. अटोमोबाइल्स र जेएसडब्लूएमजी मोटर इन्डियाद्वारा नेपालमा एमजी कम्युट ईभी सार्वजनिक, मूल्य ३४ लाख ९९ हजार रुपैयाँ

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश

यस्तो छ आजको मौसम पुर्वानुमान

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.