सन्दीपलाई थप पाँच दिन थुनामा राख्न अनुमति
जानकारी केन्द्र
२०७९, आश्विन, २७
काठमाडौँ । सन्दीप लामिछानेलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई समय दिएको छ । जिल्ला अदालत काठमाडौँ लामिछानेलाई पाँच दिन म्याद थप गरेको हो।प्रहरीले लामिछानेलाई दोस्रो पटक म्याद थपका लागि बिहीबार अदालत लगेको थियो । प्रहरीले अनुसन्धान जारी रहेको भन्दै सात दिनको समय माग गरेको थियो ।
सन्दीपका वकिलले भने तीन दिन मात्रै दिनु पर्ने दाबी गरेका थिए । अदालतले प्रहरीलाई थप अनुसन्धानका लागि पाँच दिनको समय दिएको हो । अदालतले यसअघि गएको सोमबार पहिलो पटक म्याद थप गरेको थियो । नाबालिकमाथि बलात्कारको अभियोग लागेका लामिछानेलाई प्रहरीले यही असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ गरेको थियो । उनीमाथि नाबालिक किशोरीले बलात्कारको अभियोग लगाउँदै प्रहरीमा उजुरी दिएकी हुन् । सन्दीपले आरोप अस्वीकार गर्दै आएका छन् ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
