नेपालमा बिवाइडी ‘एटो ३’ सार्वजनिक हुँदै, कति पर्छ मुल्य ?
काठमाडौं । आगामी शनिबार नेपाली बजारमा बिवाइडी ‘एटो ३’सार्वजनिक हुनेछ । चीनको विद्युतीय गाडी निर्माता बिवाइडीको उक्त बहुप्रतिक्षित प्रिमियम एसयूभी नेपालमा सार्वजनिक हुने भएको हो ।
कम्पनीको अनुसार गत मंगलबार अर्थात अक्टोबर ११ ९असोज २५ गते० भारतमा लन्च भएको ‘एटो ३’ अब नेपाली बजारमा पनि सार्वजनिक हुने भएको हो । नेपालका लागि बिवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंक रहेको छ ।
‘एटो ३’ को बाहिरी डिजाइन निकै नै आकर्षक छ । थिक क्रोम होराइजोन्टल स्ट्रिप, एलइडी हेडलाइट, एलइडी डिआरएल, भर्टिकल एयर इन्टेक, डुअल टोन एलोय ह्विल, एलइडी टेल लाइट जडित रहेको कम्पनीले जनाएको छ।
‘एटो ३’ मा ५० र ६०।५ किलोवाट क्षमतायुक्त ब्याट्री जडित छ । यसलाई एकपटकको फुलचार्जमा ४५० किलोमिटर कुदाउन सकिने कम्पनीले जनाएको छ । यसको एक्सिलेरेसन पावर झन् उत्कृष्ट छ । यो गाडीले ७।३ सेकेन्डभित्र शून्यदेखि १ सय किलोमिटर प्रतिघन्टाको गति समाउन सक्ने कम्पनीले जनाएको छ।
यसमा १२।८ इन्चको इन्फोटेन्मेन्ट सिस्टम जडित छ जुसमा एप्पल कार प्ले र एन्ड्रोइड सिस्टमको सुविधा उपलब्ध छ । त्यसैगरी डिजिटल इन्स्ट्रुमेन्टल कन्सोल, अटोमेटिक क्लाइमेट कन्ट्रोल, पावर सिट, पाँच इन्चको ड्राइभर इन्फर्मेसन डिस्प्ले, सातथान एयर ब्याग, एडभान्स्ड ड्राइभर असिस्टेन्ट सिस्टम ९एडिएएस० सुविधा पनि यसमा उपलब्ध छ ।
कम्पनीले नेपाल बजारमा एटो ३ को मूल्य करिब ९० लाख रुपैयाँ पर्ने कम्पनीले जनाएको छ ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
