गाईगोरु पाल्नेलाई भत्ता
पर्वत । पर्वतको जलजला गाउँपालिकाले गाईगोरु पाल्ने किसानलाई प्रोत्साहन कार्यक्रम लागू गरेको छ । गाउँपालिकाले कृषकलाई पशुपालनमा आकर्षित गरी कृत्रिम गर्भाधानमार्फत नश्ल सुधार गर्न २५ सय रुपैयाँ भत्ता उपलब्ध गराउने भएको हो । नश्ल सुधार गर्न कृत्रिम गर्भाधान गरिएका गाईभैंसीबाट दूध उत्पादन बढ्दा कृषकले समान लगानीबाट धेरै आम्दानी गर्ने भएकाले कृत्रिम गर्भाधानबाट ब्याएका गाईभैंसी पालकलाई प्रतिगाईभैंसी २५ सय रुपैयाँका दरले भत्ता दिन थालेको गाउँपालिकाका अध्यक्ष राजु आचार्यले बताए ।
गत आर्थिक वर्ष २०७८र७९ को साउनयता ब्याएका गाईभैंसीको सुत्केरी पोषण खर्चबापत रकम प्रदान गर्न लागिएको हो । ‘स्वीकृत वार्षिक कार्यक्रम अनुसार पशुपालन गर्ने कृषकलाई पशुको नश्ल सुधारका लागि कृत्रिम गर्भाधानतर्फ आकर्षण गर्ने कार्यक्रम अनुसार यो रकम उपलब्ध गराउन लागिएको हो,’ उनले भने, ‘यो सुत्केरी पोषण खर्च भएकाले ब्याएका गाईभैंसीलाई पोषणको मात्रा पूरा गर्न खर्च दिन लागिएको हो ।’
भत्ता पाउन पशुमा कृत्रिम गर्भाधान गरेको सक्कल प्रमाणपत्रसहित पशु ब्याउँदाको माऊ पाडापाडी वा बाच्छा बाच्छीसहित पशु पालेका मालिकको फोटो तथा पशु ब्याएपछिको चार महीनापछि पाडापाडी वा बाच्छाबाच्छीसहितको फोटो पेश गर्नुपर्ने उनले जानकारी दिए ।
अधिकांश कृषकले पाल्न कठिनाइ हुने तथा दूध धेरै खर्च हुने भन्दै नवजात पाडालाई मासु प्रयोजनका लागि विक्री गर्छन् । तर बाच्छाबाच्छी मासुका लागि विक्री गर्न वर्जित रहेकाले पाल्नैपर्ने बाध्यता छ । सोही कारण एउटै भैंसीको मूल्य बढेर ८० हजार रुपैयाँभन्दा बढी पुगेको छ ।
साना कृषकले भैंसी किन्न नसक्ने अवस्था आएकाले त्यसको अन्त्यका लागि पाडापाडी हुर्काउने अभियान शुरू गर्न लागिएको बताइएको छ । गाउँपालिकाले स्थानीय जातका गाई वा गोरु पालेका कृषकलाई पनि प्रतिपशु एक हजार रुपैयाँका दरले भत्ता उपलब्ध गराउने भएको छ । चालू आर्थिक वर्षदेखि शुरू गरिएको उक्त कार्यक्रमका लागि यस वर्ष चार लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । आर्थिक अभियान दैनिकबाट
सम्बन्धित समाचार
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
आकाशिँदै सुनको भाउ, तोलामा ३ लाख ५ हजार ४ सय
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

