प्रत्यक्ष उम्मेदवारीमा महिलालाई कम प्राथमिकता
काठमाडौं । राजनीतिक दलहरूले महिलालाई प्रत्यक्षतर्फको चुनाव लडाउन त्यति रुचि देखाउँदैनन्। जसका कारण चुनावी मैदानमा महिलाको संख्या निकै कम हुने गर्छ। दलहरूले महिलालाई नपत्याउँदा मंसिर ४ गते हुने निर्वाचनका लागि पुरुषको तुलनामा निकै थोरै महिला मात्र चुनावी मैदानमा उत्रिएका छन्।
ठुला भनिएका राजनीतिक दलले महिलालाई समानुपातिकमा सीमित गरिदिएका छन्। चुनावी परिणाम आफ्नो पक्षमा पार्न गठबन्धन गरेका दलले महिलालाई प्रत्यक्ष चुनाव लड्ने अवसर दिन नचाहेको देखिन्छ। जसका कारण प्रत्यक्षतर्फ चुनाव लड्न चाहँदाचाहँदै पनि टिकटबाट वञ्चित हुनुपरेको गुनासो महिलाहरूले गर्ने गरेका छन् ।
मंसिरमा हुने निर्वाचनमा प्रतिनिधिसभातर्फ जम्मा उम्मेदवार संख्या २ हजार ४१२ रहेको छ। तीमध्ये २२५ जना महिला मात्र प्रत्यक्षतर्फ उम्मेदवार छन्। चुनाव जित्दै आएका दलबाट समेत महिला उम्मेदवार निकै कम छन्। ठुला दलमध्येबाट सबैभन्दा धेरै महिलालाई चुनावी मैदानमा पठाउने दल नेकपा एमाले बनेको छ।
एमालेले १४१ उम्मेदवारलाई चुनावी मैदानमा पठाएको छ। तीमध्ये ११ जना महिला छन्। विभिन्न साना दलबाट १०० भन्दा बढी महिला उम्मेदवार चुनाव भिड्दैछन्। त्यसैगरी स्वतन्त्र रूपमा उम्मेदवारी दिने महिला ७७ जना छन्। सबैभन्दा धेरै काठमाडौंबाट १७ जना महिला स्वतन्त्र उम्मेदवार छन्।
सत्ता गठबन्धनअन्तर्गतको मुख्य दल नेपाली कांग्रेसले जम्मा ९१ जना उम्मेदवार चुनावी मैदानमा उतारेको छ। तीमध्ये पाँच महिलाले मात्र प्रत्यक्षतर्फ चुनाव भिड्ने अवसर पाएका छन्।
त्यसैगरी नेकपा माओवादी केन्द्रले ४६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा पठाउँदा आठ महिलालाई समेटेको छ। माओवादी केन्द्रबाट सबैभन्दा धेरै काठमाडौंबाट चार महिला उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।
गठबन्धन दलमध्येकै अर्को दल नेकपा एकीकृत समाजवादी (नेकपा एस) बाट २१ जनालाई उम्मेदवार बनाउँदा महिला एकजना मात्रै छिन्।
जनता समाजवादी पार्टी ९जसपा० र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग चुनावी तालमेल गरेको एमालेले ११ महिलालाई चुनावी मैदानमा पठाएको छ। त्यसैगरी केही स्थानमा एमालेसँग तालमेल गरेको राप्रपाले १४० जना उम्मेदवार उठाएकोमा आठ जना महिला अघि सारेको छ। नागरिक दैनिकबाट
सम्बन्धित समाचार
रसुवा बाढीमा अहिलेसम्म ७२ जनाको शव फेला
नामी भिगोको विशेष अफर समाप्त, नयाँ बुकिङ एमआरपीमै
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”
तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम
नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ एक्सएसआर १५५ को अनावरण गर्ने
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा


