• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
११ असार २०८३, बिहीबार
११ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

ट्राफिक नियम तोड्नेलाई अब महँगो पर्ने, जरिवाना ५० गुणासम्म बढाउने प्रस्ताव
  • ७ घण्टा 

जी.ओ. अटोमोबाइल्स र जेएसडब्लूएमजी मोटर इन्डियाद्वारा नेपालमा एमजी कम्युट ईभी सार्वजनिक, मूल्य ३४ लाख ९९ हजार रुपैयाँ
  • ७ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • २० घण्टा 

प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश
  • २० घण्टा 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • २१ घण्टा 

२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २१ घण्टा 

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य
  • १ दिन 

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु
  • २ दिन 

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन
  • २ दिन 

लोकप्रिय समाचार

  • १. शाहरूखलाई पछि पार्दै रणवीर सिंहले लिए सबैभन्दा बढी पारिश्रमिक

  • २. तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो, सतर्कता अपनाउन आग्रह

  • ३. २०८३ असार ०७ गते आईतवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. एकैदिन ट्राफिक कारबाहीबाट २२ लाख ९६ हजार राजस्व सङ्कलन, २ हजार ६ सय ४१ चालक कारबाहीमा

  • ५. दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान

  • ६. बैंक तथा वित्तीय संस्थाका लागि नक्सा सेवा अब ‘मेरोकित्ता’ बाट मात्र प्रदान गरिने

  • ७. रोनाल्डो चम्किँदा पोर्चुगलद्धारा उज्वेकिस्तान ५–० ले पराजित

  • ८. २०८३ असार ०६ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ९. फिफा विश्वकपमा भाग लिएको ९२ बर्ष पछि इजिप्टको पहिलो जीत

  • १०. नक्कली गहनाले भाँडियो विवाह, बेहुलीबिनै जन्ती फर्कियो

गुन्जिन छाडे ‘यानीमाया’ भाका

जानकारी केन्द्र २०७९, आश्विन, ३०

काठमाडौँ । धवलागिरि क्षेत्रमा धेरै गुन्जिने गीत हो ‘यानीमाया’ । एक दशक अगाडिसम्म मेला, महोत्सव, चाडपर्व र मेलापात गर्दा गाइने यानीमाया गीत अहिले गुन्जिन छाडेको छ । एकल तथा समूहिकरूपमा महिला र पुरुष भएर गाइने यो गीत नयाँ पुस्ताले भने गाउन सिकेनन् । यो गीत एक जनाले सुरु गर्ने र ऊसँगै समूहका अन्य कलाकारले गाउने गर्छन् । केहीले एकलरूपमा पनि गाउने गर्छन् । अहिले बजारमा आएका आधुनिक र लोकदोहोरीलगायतका गीतले गर्दा यानीमाया गीत गाइन छाडेको बूढापाकाको भनाइ छ ।

धवलागिरिको म्याग्दी, बागलुङमा बढी चर्चित यानीमाया गीत पर्वतका मगर तथा मुस्ताङका केही थकाली समुदायले गाउने गरेको पाइन्छ । खासगरी आदिवासी, जनजाति समुदायमा लोकप्रिय मानिने यो गीत मगर र छन्त्याल जातिले बढी गाउने गर्छन् । बजारमा भन्दा बढी गाउँहरूमा गुन्जिने यानीमाया गीत कम गाइन थालेको पाइन्छ ।

बागलुङ जिल्लाको निसीखोलाका बूढापाकाले अहिले पनि मेला महोत्सव हुँदा यो गीत गाउने गरेको पाइन्छ । तर पहिलेको जस्तो रौनक भने छैन । गाउँदा–गाउँदै मान्छेलाई रुवाउने र हसाउने यो गीत लोक र दोहोरी गीतभन्दा विल्कुलै फरक हुन्छ । गीतको बीच–बीचमा यानीमाया जोडेर गाइने हुँदा यसलाई यानीमाया गीत भन्ने गरिएको निसीखोला गाउँपालिका–६ सिपकी ५९ वर्षीया तिर्सना घर्तीमगरले सुनाइन् । उनले यो गीत नयाँ पुस्ताले नजान्ने बताइन् ।

“गीतहरू सबै एउटै हुँदैनन्, शब्दै एउटै भए पनि त्यसको लय फरक हुन्छ, यानीमाया गीतको बीच–बीचमा यानीमाया भनेर जोडिन्छ, त्यही भएर यसलाई यानीमाया गीत भन्ने गरिएको हो, पहिले–पहिले हामीहरूले निकै गाउने गथ्र्यौँ”, उनले भनिन्, “अहिले यो गीत कहीँकतै पनि सुनिदैन, अहिलेका युवायुवतीले गाउन जान्दैनन्, हामी पनि बूढो भइयो, पहिलेको जस्तो स्वर तान्न सकिँदैन, यो गीतका लागि धेरै लामो स्वर तान्नुपर्छ, यानीमाया गीत गाउँदा–गाउँदै कति रुन्छन्, कति हाँस्छन्, यो गीतमा मान्छेलाई रुवाउने र हँसाउन सक्ने शक्ति हुन्छ ।”

घर्तीमगरले आफूहरूले रोधी बस्दा पनि यानीमाया गीत गाउने गरेको भन्दै अहिले रोधी नै बस्न छाडिएको बताइन् । पछिल्लो समय रेडियो, टेलिभिजन तथा मोबाइलमा आउने आधुनिक र लोकगीतले यानीमाया गीत हराउन थालेको उनको भनाइ छ । घर्ती यानीमाया गीत कलाकारले पनि कमै मात्रा गाउने गरेको बताइन् ।

“हाम्रो गाउँतिर पहिले–पहिले रोधी बस्ने चलन थियो, रोधीमा तरुनी–तन्नेरी भएर गीत गाउने गथ्र्यौँ, धेरै वर्ष भयो रोधी बस्ने र गीत गाउने चलन हरायो, रेडियो टेलिभिजनमा आउने लोकगीत, आधुनिक गीत सुन्न थालेपछि यानीमाया गीत गाउन छाडिएको हो”, उनले भनिन्, “यो गीत त कलाकारले पनि गाएका छैनन्, पुराना केही कलाकारले गाएको त सुनियो तर अहिले सुनिदैन ।”

उनले रोधीमा यानीमाया गीत गाउँदा–गाउँदै आफूले विवाहसमेत गरेको सुनाउँदै अहिले त्यो चलन हटेको बताइन् । गीत गाउँदा–गाउँदै यस क्षेत्रमा धेरैले विवाह गरेको उनको भनाइ छ । उनले भनिन्, “पहिले त रोधी बस्ने, गीत गाउने, गीत गाउँदा गाउँदै तरुनी तन्नेरी मन प¥यो भने बिहे गर्ने चलन थियो, अहिले रोधी पनि बस्न छाडियो, त्यसरी बिहे पनि हुँदैन, गीत गाउनेहरू पनि छैनन्, हामीभन्दा पछाडिका नयाँ युवाले यो गीत गाउँदैनन् ।”

बागलुङ गलकोटका पूर्णबहादुर श्रीषले यानीमायासँगै गीतमा मौलिकता हराउँदै गएको सुनाइन् । उनले यानीमाया गीतहरूमध्ये विशिष्ट गीत रहेको जनाउँदै पछिल्लो समय धवलागिरि क्षेत्रमै निकै कम गुन्जिने बताउछिन् । “यानीमाया गीतले मौलिकता बोकेको थियो, त्यो गीतले जस्तो अन्य कुनै पनि गीतमा मौलिकता पाइँदैन, यसले साङ्गीतिक क्षेत्रमा सिङ्गो धवलागिरिको पहिचानलाई बेग्लै बनाउन सफल भएको थियो, अहिले हराउन थालेको”, उनले भनिन् ।

उनले लोक, आधुनिक र पप गीतजस्तै रेकर्ड भएर विभिन्न माध्यमबाट नागरिकसम्म पुगेको भए अरु गीत ओझेलमा पर्ने बताइन् । यानीमायासँगै सुनिमाया र शिरफुलेमाया पनि हराएको श्रीषको भनाइ छ । “यानीमाया तीन दिन तीन रात गाएर पनि सकिँदैन, गाउँदै गयो भने यसको गहिराइमा पुगिन्छ, गहिराइबाट निस्किन समय लाग्छ”, उनले भनिन्, “अहिले गाइने गीतहरुजस्तै यानीमाया गीत पनि रेकर्ड भएर रेडियो, टेलिभिजन र मोबाइलमा आएको भए, अरु गीत ओझेलमा पर्ने थियो, यानीमाया गीत गाउन सुन्न थालियो भने अरु गीत सुनेजस्तो, गाएजस्तो हुन्न ।”

उनले यानीमाया गीत टिभी, रेडियोमा सुनेर नभई बूढापाकाले गाएको सुनेर सिकेको बताइन् । कलाकारले यो गीतलाई रेकर्ड गरेर जनस्तरमा ल्याउन सके संरक्षित हुन सक्ने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ट्राफिक नियम तोड्नेलाई अब महँगो पर्ने, जरिवाना ५० गुणासम्म बढाउने प्रस्ताव
जी.ओ. अटोमोबाइल्स र जेएसडब्लूएमजी मोटर इन्डियाद्वारा नेपालमा एमजी कम्युट ईभी सार्वजनिक, मूल्य ३४ लाख ९९ हजार रुपैयाँ
आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

ताजा

ट्राफिक नियम तोड्नेलाई अब महँगो पर्ने, जरिवाना ५० गुणासम्म बढाउने प्रस्ताव

जी.ओ. अटोमोबाइल्स र जेएसडब्लूएमजी मोटर इन्डियाद्वारा नेपालमा एमजी कम्युट ईभी सार्वजनिक, मूल्य ३४ लाख ९९ हजार रुपैयाँ

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.