सर्लाहीमा यात्रुबाहक बस दुर्घटना हुँदा २३ जना घाइते
काठमाडौँ । सर्लाहीमा यात्रुबाहक बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन्। सोमबार बिहान करिब ३ बजेको समयमा काकडभिट्टाबाट भैरहवातर्फ जाँदै गरेको बा ४ ख ३३७८ नम्बरको नाइट बस ईश्वरपुर नगरपालिका १२ बाँकेस्थित पूर्व(पश्चिम लोकमार्गमा आफैँ अनियन्त्रित दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ। बस सडकबाट बाटो छेउमा पल्टिँदा बसमा सवार रहेका ३३ जनामध्ये २३ जना घाइते भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए। घाइतेमध्ये ३ वर्षीया बालिकासहित दुईको अवस्था गम्भीर रहेको छ। उनीहरूलाई थप उपचारका लागि झापा रिफर गरिएको छ।
बसका सह(चालक झापाको मेचिनगर नगरपालिका ७ बस्ने २१ वर्षीय प्रदिप पुरी र वडा नं। ९ का बस चालक दिपक बोहराका ३ वर्षीया छोरी प्रिन्स बोहराको अवस्था गम्भीर रहेको छ। यस्तै, सो दुर्घटनामा परेर झापाको कामलजुरी गाउँपालिका २ बस्ने ४५ वर्षीया दिलमाया न्यौपाने, कमलजुरी गाउँपालिका २ बस्ने २५ वर्षीया शर्मिला न्यौपाने, मेचिनगर नगरपालिका ११ भैइजन बस्ने २१ वर्षीया सीता राई, मोरङको उर्लावारी नगरपालिका १ बस्ने ४८ वर्षीया कमला रिजाल, मकवानपुर हे।उ।न।पा। ३ बस्ने ३१ वर्षीय रमेश खाति, चितवनको रत्ननगर नगरपालिका १५ बस्ने ४८ वर्षीया सीता विक।,
काठमाडौँ १४ बस्ने ३६ वर्षीया सुमि सुव्बा, मोरङको पत्थरी सनिशचरे नगरपालिका ३ बस्ने ५५ वर्षीय नारायण प्रसाद खनाल, सुनसरीको रामधुनी नगरपालिका ७ बस्ने ४० वर्षीय कमला काफ्ले, भारतको आशाम बस्ने ३२ वर्षीय सौरब दास र सर्लाहीको हरिवन नगरपालिका ६ बस्ने २९ वर्षीय सोनु अधिकारीको अवस्था मध्यम रहेको छ। १० जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। उनीहरूको उपचार सर्लाहीको अस्पतालमा भइरहेको छ। सामान्य घाइते भएकाहरु आ(आफ्ना गन्तव्यतर्फ गएका छन् भने बाँकीको उपचार भइरहेको सर्लाही प्रहरीले जनाएको छ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
