नेपाललाई वार्षिक ५८ लाख ६७ हजार मेट्रिक टन खाद्यान्न आवश्यक
काठमाडौं । खाद्यान्नमा नेपाल बचतकै अवस्थामा रहे पनि बर्सेनि निकै ठूलो परिमाणमा खाद्यान्न आयात हुने गरेको छ ।
मुलुकमा आव २०७८र७९ मा एक करोड सात लाख ७२ हजार मेट्रिक टन खाद्यान्न ९धान, मकै, गहुँ, कोदो, फापर, जौ० उत्पादन हुने गरेको तथ्याङ्क छ । यस उत्पादनबाट बीउ, जर्ती, पशुु आहार, भण्डारण तथा प्रशोधन नोक्सानी कटाएर ७५ लाख ३० हजार मेट्रिक टन उपभोग योग्य खाद्यान्न उपलब्ध हुने कृषि तथा पशुुपन्छी विकास मन्त्रालयको तथ्याङ्क छ ।
मन्त्रालयका अनुसार मुलुकको जनसङ्ख्याका लागि वार्षिक ५८ लाख ६७ हजार मेट्रिक टन प्रशोधित खाद्यान्न आवश्यक पर्छ । खाद्यान्न उपलब्धता र आवश्यकताका हिसाबले १६ लाख ६३ हजार मेट्रिक टन खाद्यान्न बचत रहेको मन्त्रालयको तथ्याङ्क छ ।
राष्ट्रिय तहमा खाद्यान्न बचत देखिए पनि पारिवारिक तहमा करिब २१ प्रतिशत नेपाली अझै दैनिक निर्धारित क्यालोरीको न्यूनतम मात्राभन्दा कम प्राप्त गरिरहेको तथ्याङ्क कृषि मन्त्रालयकै छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय, खाद्य सुरक्षा तथा खाद्य प्रविधि महाशाखा प्रमुख एवं सहसचिव सबनम सिवाकोटीले कुल खाद्यान्नमा मुलुक आत्मनिर्भर भएर बचत देखिएको बताए। गोरखापत्र दैनिकबाट
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
