कारबाही गर्ने निकायकै संरक्षणमा कांग्रेसद्वारा निर्वाचन आचार संहिता उलंघन
भक्तपुर । आउँदो मंसीर ४ गते प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन आउँदै छ । निर्वाचनको माहौल गाउँ गाउँमा उत्साह पूर्वक रुपमा फैलिरहेको छ । भक्तपुरमा पनि निर्वाचनको माहौल चर्किदै गएको छ । तर सत्ताधारी दल नेपाली काँग्रेसले भने व्यापक रुपमा निर्वाचन आचार संहिताको उलंघन गरेको छ ।
नेपाली कांग्रेसले कौशल्टारबाट, बालकोट, सिरुटार हुदै बिरुवासम्मको सडकको दायाँबायाँ उम्मेदवारको तस्विरसहितको निर्वाचन चिन्ह अंकित फुलेक्स र ब्यानर टागिएको छ ।
एक महिना अगाडिदेखि सडकको प्रत्येक खम्बादेखि टोल टोलमा राखिएको ब्यानर र झण्डा निकाल्नु पर्नेमा उल्टै थप गरेको छ ।
नेपाली काँग्रेसले उम्मेदवार दूर्लभ थापाको तस्विरमा पार्टीका महासचिव गगन थापाको तस्विरसहित जोडेर बनाइएको फ्लेक्स ब्यानर सहित खम्बा, रुख एवं भित्तामा निर्वाचन आचार संहिता उलंघन गर्दै यस्ता सामग्री टासेको हो।
बालकोटमा प्रभुराम खड्काले सत्ताधारी दलबाटै व्यापक निर्वाचन आचार संहिता उलंघन गर्दा पनि कारबाही गर्ने निकाय मौन रहेको बताए । यसबारेमा आफूहरुले पटक पटक सिडिओलाई जानकारी गराए पनि बेवास्ता गरेको उनको गुनासो छ ।
आचार संहिता उलंघन जस्ता कार्य रोक्न निर्देशन दिने, अनुगमन गर्ने, कारबाही गर्ने र सचेत गर्ने निकायको रुपमा रहेको जिल्ला प्रशासन कार्यालय, मुख्य निर्वाचन अधिकृत एवं निर्वाचन अधिकृतको कार्यालयले समेत यसको बेवास्ता गरेको छ ।
यसबारेमा जिल्ला समन्वय समिति भक्तपुरको केही दिन अगाडि बसेको बैठकमा समेत यसबारेमा सहभागिले आवाज उठाउदै जतिसक्दो छिटो आचार संहिताउलंघनका कार्य रोक्न सिडिओ रुद्रादेवी शर्मा एवं मुख्य निर्वाचन अधिकृत, सुरक्षा निकायका प्रमुखहरुलाई जानकारी गराए पनि त्यसबारेमा बेवास्ता गरेको एमालेका नेताहरुले बताएका छन् ।
जिल्ला समन्वय प्रमुख इश्वर थापाले यसबारेमा चासो लिदै सिडिओ शर्मालाई तत्काल आवश्यक कारबाही एवं आचार संहित रोक्न भने पनि बेवास्ता गरेको बताएको छ ।
काँग्रेसले बालकोट बिरुवा सडकमा मात्रै होइन चित्रपुर, दधिकोट, गाम्चा, सूर्यविनायक गुण्डु सडकमा पनि निर्वाचन आचार संहिता व्यापक उलंघन गर्दै निर्वाचन चिन्हसहितको उम्मेदवारको तस्विर अंकित पोष्टर, ब्यानर र फ्लेक्स राखिएको छ ।
निर्वाचन आचार संहिता विपरित काँग्रेसले प्रचार सामग्री व्यापक टाँगे पनि आचार संहिता कार्यान्वयन गर्ने निकाय नै मौन बसेर समर्थन गरेको प्रष्ट भएको छ ।
एमाले जिल्ला अध्यक्ष बचन देउवा, नगर अध्यक्ष रबिन्द्र सापकोटा,महेश बस्नेतका स्वकीय सचिव दिनेश थापा र विभन्न दलका उम्मेदवारहरुले समेत नियम विपरितका सामग्री हटाउन अनुरोध गर्दा पनि बेवास्ता गरेको एमाले नगर सभापति रबिन्द्र सापकोटाले बताए ।
त्यसो त यसअघिको स्थानीय तहको निर्वाचनमा पनि निर्वाचनको दिनसम्म कांग्रेसले निर्वाचन आचार संहिता उलंघनको गतिबिधि गर्दा पनि सिडिओ शर्मा, प्रहरी प्रमुख लगायत चुप लागेर बसेका थिए।
अहिले मंसिर ४ गते निर्वाचनको दिन आउन लाग्दा पनि सिडिओ शर्मा सहितको सुरक्षा निकायको टोलीले समेत अनुगमन एवं काराबही गुर्न पर्नेमा उल्टै समर्थन गर्ने गरेको जस्तो देखिएको छ । निर्वाचन आचार संहिता उलंघन रोक्न र भएका सामग्री तत्काल हटाउन एमालेले माग गरेको छ ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
