Jankari Kendra
३० आश्विन २०८३, शुक्रबार

बिहीबारदेखि गोदावरी फूलको प्रदर्शनी

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, कार्तिक, १
बिहीबारदेखि गोदावरी फूलको प्रदर्शनी

काठमाडौं । गोदावरी फूलको प्रतियोगात्मक प्रदर्शनी कात्तिक ३ गते बिहीबारदेखि ६ गतेसम्म जावलाखेलमा हुने भएको छ। फ्लोरिकल्चर एशोसिएसन नेपालले गोदावरी फूलको १५ औं प्रतियोगितात्मक प्रदर्शनी गर्न लागेको हो।मेला संयोजक सिताराम पन्तका अनुसार फूलको सहज उपलब्धता गराउन तथा गोदावरी फूलको व्यवसायीक प्रवर्द्धनका लागि प्रदर्शनी हुन लागेको हो।

तिहार तथा छठ पर्वलाई लक्षित गर्दै गोदावरी फूलको प्रदर्शनी हुन लागेको हो। प्रदर्शनीमा व्यवसायिक स्टल ४९ प्रतियोगितात्मक स्टल २ र सूचनामुलक ४ गरी ५५ वटा प्रदर्शनी कक्ष रहने छन्। हरेक वर्ष तिहारमा २० लाख सयपत्री, मखमली ३ लाख र गोदावरीको २५ हजारसम्मको माला खपत हुने गरेको फ्लोरिकल्चर एशोसिएसनको आँकडामा उल्लेख छ।

Top Changing Nepal

ट्रेन्डिङ

युट्युब सट्स