Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

माघ ७ देखि माघ १३ गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, माघ, ७
माघ ७ देखि माघ १३ गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल

मेष

( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

यो साता बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । विशेष समारोहबीच प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । सेयर कारोबारमा सफलता मिल्नेछ ।

वृष

( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

यो सातामा डुबेको धन उकास्न निकै दौडधुप गर्नुपर्छ । प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला । कामको सिलसिलामा व्यस्त हुने समय रहेको छ । बुधवारबाट रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । वस्त्र, अलङ्कार आदि खरिद गर्ने योग छ ।

मिथुन

( का, कि, कु, घ, ङ, छ, के, को, हा )

यो हप्तामा धार्मिक, सामाजिक महत्त्वको क्षेत्रमा भ्रमण हुनसक्छ । रोकिएका काम पुनः सुरु हुन सक्छ । प्रतिस्पर्धामा सफलता मिल्न सक्छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । नयाँ नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । जटिल ठानिएको काम सम्पादन हुन सक्छ ।

कर्कट

( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

यो हप्ता हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । कलकारखाना र बन्द व्यापारमा फाइदा हुनेछ । शेयर बजारको लगानी पनि राम्रै रहला । साताको अन्त्यमा बोलीको विपरीत अर्थ लाग्न सक्छ, संयम रहनु होला ।

सिंह

( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

यो साता परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । व्यापार तथा सेयर कारोबारमा रुचि बढ्नेछ । प्राविधिक काममा सफलता प्राप्त हुनेछ । धनसञ्चय र भौतिक सुखको अवसर प्राप्त हुनेछ । हराएको आत्मविश्वास पनि जाग्नेछ ।

कन्या

( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

यो साता जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । शुभ चिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइन सक्छ । साताको मध्यबाट नयाँ कार्यको योजना बन्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । कृषि कार्यमा पनि सफलता मिल्नेछ ।

तुला

( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

यो साता गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । नजिकको व्यक्तिबाट कार्यहरू पुरा हुनेछन् । साताको अन्त्यमा नयाँ काममा हात हाल्नु अघि राम्ररी विचार पुर्याउनु होला ।

वृश्चिक

( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

वृश्चिक राशिको लागि यो साता परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । कसैकसैका लागि सन्तान प्राप्तिको योग पनि छ ।

धनु

( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

यो साता भाग्यले साथ दिनेछ भने गरेको कामबाट राम्रै सफलता हात पर्नेछ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । लामो दुरीको लाभदायक यात्रा हुनेछ । बुधवारबाट कामहरू अधुरै रहनसक्छ । शेयर बजारको लगानी डुब्ने भय पनि छ सचेत रहनु होला ।

मकर

( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

यो सातामा आफन्त बीचमा खटपट, चिन्ता र शङ्का उब्जनसक्छ । प्रेममा मनमुटाव पनि आउन सक्छ । लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । मध्य साताबाट शुभ कार्यको चर्चा चल्नेछ । मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ ।

कुम्भ

( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । साताको अन्त्यमा विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । आफ्नो अधिकार प्राप्ति लागि संघर्ष गर्नु पर्ला ।

मीन

( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

यो साता सजिलै अरूको मन जित्न सकिनेछ । कसै सैलाई परदेशी घर फर्कने र घर परिवारमा रमाइलो वातावरण छाउनेछ । धनार्जनका नयाँ स्रोतहरू पनि पत्ता लाग्नेछन् । मध्य सातामा महत्त्वपूर्ण कार्यमा व्यवधान आउने देखिन्छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स