राष्ट्रपतिमा उम्मेदवारी दिने कांग्रेसको निर्णय
काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रपति पदका लागि उम्मेदवारी दिने भएको छ । आज बिहान सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा बसेको पदाधिकारी बैठकले राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेको हो । राष्ट्रपतिमा उम्मेदवारी दिने र यसका लागि अरू दलहरूसँग पनि संवाद अघि बढाउने निर्णय बैठकले गरेको कांग्रेस नेता शशांक कोइरालाले जानकारी दिए । यसअघि कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति निर्वाचित भएर शीतल निवास पुग्ने दाबी गरेका थिए ।
राष्ट्रपतिको निर्वाचनलाई केन्द्रमा राखेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको कांग्रेस नेताहरूले बताउँदै आएका छन् । सभामुख र उपसभामुखमा समेत उम्मेदवारी दिएको कांग्रेस सफल भएको थिएन । प्रधानमन्त्री दाहालले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजिने बताउँदै आएका छन् । तर एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेले उठाउने उम्मेदवारको पक्षमा राष्ट्रिय सहमति हुनुपर्ने प्रतिक्रिया हालै दिएका छन् ।
अहिलेको सत्ता गठबन्धन निर्माणका क्रममा प्रधानमन्त्री नेकपा माओवादीले लिने अनि राष्ट्रपति र सभामुख एमालेको हुने सहमति भएको थियो ।
सम्बन्धित समाचार
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
साइमेक्सद्वारा देशभर ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु, सबै सर्भिस सेन्टरमा लागु
कडा प्रतिबन्धका बिचमा २२ अर्ब डलर कमाउन उत्तर कोरिया सफल
ट्रेन्डिङ
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस
नेप्से परिसूचकमा सामान्य अंकको गिरावट, ४ अर्ब ५४ करोडभन्दा बढीको कारोबार
मिड-भ्यालीको ‘बिल्ड नेपाल ह्याकाथन २०२६’मा बाँदर आतंकको समाधान खोज्ने ‘इनोभिजन समूह’ विजेता

