माघ १४ देखि २० गतेसम्म कस्तो रहला तपाईको भाग्य, हेर्नुहोस् राशिफल
मेष-
( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो साता शुभकार्यको चर्चा चल्नेछ । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ । टाढा रहेका आफन्तसँग प्रविधि मार्फत भेटघाट हुनेछ । धन सञ्चयको अवसर प्राप्त हुनेछ र हराएको आत्मविश्वास जाग्नेछ । कसैलाई सापटी दिएको रकम फिर्ता मिल्नसक्छ । रमाइलो यात्रा पनि हुनेछ ।
वृष-
( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो सातामा आहार विहार प्रति साबधानी अपनाउनु पर्छ । प्रतिष्ठामा दाग लाग्न सक्छ ख्याल गर्नुहोला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । अपजस मिल्नसक्ने भएकाले सजग रहनुहोला । बुधवारबाट रमाइलो यात्राको योग रहेको छ । सेयर कारोबारमा रुचि बढ्नेछ । वस्त्र, अलङ्कार आदि खरिद गर्ने योग पनि छ ।
मिथुन-
( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो साता समय शुभ छ उपयोग गर्नुहोला । सामाजिक र राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । गरेको काममा सफलता हात पर्नेछ । पार्टनरसिपमा गरिएको कारोबारले राम्रै फाइदा दिनेछ । बुधवारबाट कामहरू अधुरै रहलान् । लगानी डुब्ने भय छ सचेत रहनु होला ।
कर्कट-
( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो सातामा मान्यजनको सहयोग प्राप्त हुनेछ । रमाइलो यात्रामा निस्कन सक्नुहुन्छ । शुभकार्य र धार्मिक गतिविधिमा संलग्न हुने अवसर मिल्नेछ । साताको अन्त्यमा विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष पनि गर्नु पर्ला ।
सिंह-
( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
यो सातमा बोलीको प्रभाव बढ्नेछ नयाँ कमको थालनी हुनेछ । पढाइमा प्रगति नै हुनेछ । कसै सैलाई परदेशी घर फर्कने र घर परिवारमा र रमाइलो वातावरण मिल्नेछ । नयाँ काम सुरु गर्ने समय छ । धर्मकर्ममा मन लाग्नेछ । मध्य सातामा स्वास्थ्य प्रति सजगता अपनाउन एकदमै जरूरी छ ।
कन्या-
( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो सातामा गरेको कार्यमा अवरोध आउला । तर्क, विवाद र प्रतिस्पर्धाबाट टाढै रहनु होला । मनमा दबाब र तनाव बढेको महसुस हुनेछ । साताको अन्त्यबाट न्यायिक कार्यमा सफलता मिल्नेछ । पुँजीबजारको क्षेत्रमा रुचि बढ्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला ।
तुला-
( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो साता रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । शुभकार्यको चर्चा चल्नेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । परोपकारी कार्यमा संलग्न भइनेछ । धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने अवसर मिल्नेछ । पुँजीबजारको क्षेत्रमा रुचि पनि बढ्नेछ ।
वृश्चिक-
( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यो हप्ता भाग्यले विभिन्न अवसर जुराउनेछ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । अध्ययन अध्यापनको क्षेत्रमा सफल रहने योग छ । शेयर बजारमा गरेको लगानीले राम्रो प्रतिफल देला । बन्द व्यापारमा फाइदा हुनेछ । साताको अन्त्यमा बोलीको विपरीत अर्थ लाग्न सक्छ ।
धनु-
( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
प्राविधिक काममा विशेष सफलता प्राप्त मिल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । धार्मिक कार्य सफल रहनेछ । वैदेशिक क्षेत्रको काम पनि अघि बढ्नेछ । साताको मध्यमा महत्वपूर्ण कार्यमा व्यवधान आउने देखिन्छ । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ ।
मकर-
( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
यो सातामा लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । चोट पटकको भय छ सचेत रहनुहोला । मध्य साताबाट पुरानो र रोकिएको काम दोहोर्याएर गर्दा सफलता मिल्नसक्छ । धर्म कर्म तथा समाज सेवामा मन लाग्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ ।
कुम्भ-
( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
यो सातामा नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ । ढिलै भएपनि अधुरा काम सम्पन्न होला । उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । मित्र वा आफन्तको सहयोगबाट मिल्नेछ । बुधवारबाट कामहरू अधुरै रहलान् । लगानी डुब्ने भय छ सचेत रहनु होला ।
मीन-
( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
यो साता मान प्रतिष्ठामा वृद्धि होला । अहिलेको मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ । धार्मिक, सामाजिक महत्त्वको क्षेत्रमा भ्रमण हुनसक्छ । रोकिएका काम पुनः सुरु हुन सक्छ । सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउनेछन् । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ ।
सम्बन्धित समाचार
२०८३ साउन ३० गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २९ गते शुक्रवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो
ट्रेन्डिङ
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन


