माघ पूर्णिमाको दिन गर्नुहोस् यी कार्य, भगवान विष्णुको कृपाले हराउनेछ सबै दु:ख कष्ट
एजेन्सी । धार्मिक मान्यता अनुसार यस दिन सबै देवी देवता स्वर्गबाट पृथ्वीमा आएर गंगामा स्नान गर्ने गर्दछन् । यसै कारण यस दिन पवित्र नदीहरूमा स्नान गर्नु धेरै शुभ मानिन्छ । यस वर्ष माघ पूर्णिमा माघ २२ गते आइतबार परेको छ ।
यस दिन धेरै शुभ संयोग पनि बन्न थालेका छन् । त्यसैले यस माघ पूर्णिमामा दानको विशेष फल मिल्नेछ । हिन्दु धर्म शास्त्रमा सबै पूर्णिमाको विशेष महत्व रहेको पाइन्छ । तर माघ महिनाको पूर्णिमालाई विशेष फलदायी मानिएको छ ।
माघ पूर्णिमाको महत्व
पौराणिक ग्रन्थहरुमा माघ पूर्णिमाको विशेष महत्व उल्लेख गरिएको छ । माघ पूर्णिमाका दिन देवताहरू स्वयम् पृथ्वीमा आएर गंगामा स्नान गर्ने जनविश्वास छ । त्यसैगरी प्रयागराजमा एक महिनासम्म कल्पवास गर्ने भक्तजनले माघ पूर्णिमाका दिन समापन गर्छन् ।
माघ पूर्णिमाका दिन कल्पवास गर्ने सबै भक्तजनले गंगामैयाको पूजा गर्ने जनविश्वास रहेको छ । त्यसपछि सन्त र ब्राह्मणहरूलाई आदरपूर्वक भोजन चढाउँछन् । माघ पूर्णिमाको दिन गंगा स्नान गर्नाले जीवनका सबै कष्ट हट्ने जनविश्वास पनि छ । दुख, पीडा र रोगबाट मुक्ति मिल्नेछ ।
माघ पूर्णिमाको दिन गर्नुस् यी कार्य
माघ पूर्णिमाका दिन पवित्र नदी र तालमा स्नानको विशेष महत्व मानिन्छ । तर यदि तपाईं यी पवित्र नदीहरूमा नुहाउन सक्नुहुन्न भने, नुहाउने पानीमा गंगाजलको केही थोपा मिसाएर यो पानीले घरमा नुहाउनुहोस् । यसो गर्नाले मानिसको धेरै जन्मको पाप नष्ट हुन्छ ।
यस दिन भगवान सत्यनारायणको पूजा–आराधना गर्ने गरिन्छ । यस दिन भगवान विष्णु र लक्ष्मीको पूजा आराधनाको विशेष महत्व रहेको जनविश्वास रहेको छ । पूर्णिमाको दिन पूजा गर्नाले भगवानको कृपा सदैव रहन्छ ।
यसका साथै यस दिन पूजाघरमा घ्यूको अविच्छिन्न दियो बाल्नु पर्दछ । यसो गर्नु सबै हिसाबले शुभ र फलदायी मानिन्छ । माघ पूर्णिमाका दिन पिपलको रुखमा लक्ष्मीको आगमन भएको मानिन्छ । त्यसैले यस दिन पिपलको रुखमा जल चढाएर घ्यूको दियो बाल्नुहोस् ।
यस दिन पितृलाई दान पनि गर्न सकिन्छ । यसो गर्नाले पितृको कृपा प्राप्त हुन्छ । यस दिन पूजापाठ गरि गरिबलाई दान गर्नु पनि धेरै फलदायी मानिन्छ । धार्मिक ग्रन्थका अनुसार यस दिन गरिब तथा विपन्नलाई तिल, कम्बल, घिउ, फलफूल आदि वस्तु दान गर्नुपर्छ ।
सम्बन्धित समाचार
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य

