पक्राउ परेका सांसद् चौधरीलाई आज अदालत उपस्थित गराइँदै
धनगढी । बिहीबार बाँकेबाट पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित सांसद् अरुणकुमार चौधरीलाई प्रहरीले आज अदालतमा उपस्थित गराउने तयारी गरेको छ । ट्र्याक्टर आगजनीको मुद्दामा १२ वर्ष अगाडि नै दोषी ठहर भएको देखिएका नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरीलाई प्रहरीले बिहीबार पक्राउ गरेको थियो ।
उनलाई बिहीबार बाँकेबाट विमानमार्फत् काठमाडौँ ल्याएर काठमाडौँबाट विमान मार्फत् नै धनगढी पुर्याइएको थियो। बिहीबार देखि चौधरी जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीले चौधरीलाई आज कैलाली जिल्ला अदालतमा उपस्थित गराइने जनाएको छ। कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद् चौधरी २०६७ सालमै दोषी ठहर भएका थिए। उनीलगायत ३ जनालाई कैलाली जिल्ला अदालतले बिगो सहित ६ महिना कैदको फैसला सुनाएको थियो ।
नागरिक उन्मुक्ति पार्टीले आफ्ना सांसद् चौधरीको रिहाइ माग गर्दै बिहीबार नै सरकारलाई २४ घन्टे अल्टिमेटम दिएको छ । पार्टी प्रवक्ता दामोदर पण्डितले प्रेस विज्ञप्ति जारी गर्दै पक्राउको भर्त्सना गरेका छन् ।
थरुहट आन्दोलनकारी र सरकारबीच ३ भदौ २०६६ मा सबै प्रकारका मुद्दा खारेज गर्ने सम्झौता भएको स्मरण गराउँदै नागरिक उन्मुक्तिले त्यसयता सबै निर्वाचनमा उनी लड्दै आएको बताएको छ ।
सम्बन्धित समाचार
राष्ट्र बैंकले बजारबाट ७० अर्ब तरलता खिच्दै, ५६ दिने निक्षेप संकलनको आवेदन खुला
भोटेकोशी बाढीपहिरो प्रभावितका लागि एमपीआईएको ३१ लाख सहयोग
साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको नयाँ बिज २४ म्यानेज्ड वाइ–फाइ सोलुसन
प्रोटोनद्वारा नेपाललाई करीब २ लाख रिङ्गिट बराबरका ड्रोन सहयोग
नेपालका बाढी प्रभावित परिवारको सहयोगमा एकजुट बन्यो यामाहा परिवार
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

