Jankari Kendra
२३ भाद्र २०८३, मंगलवार
Worldlink

राष्ट्रिय सभाको उपाध्यक्षमा कांग्रेसले माओवादीकी उम्मेदवार अर्याललाई सघाउने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, माघ, २२
राष्ट्रिय सभाको उपाध्यक्षमा कांग्रेसले माओवादीकी उम्मेदवार अर्याललाई सघाउने

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा ९माओवादी केन्द्र० लाई समर्थन गर्ने भएको छ । कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बराहीमा आज ९आइतबार० बसेको संसदीय समितिको बैठकले राष्ट्रिय सभा उपाध्यक्षमा माओवादीकी उर्मिला अर्याललाई सघाउने निर्णय गरेको हो ।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठकमा राष्ट्रिय सभाको उपाध्यक्षमा उम्मेदवारी नदिने र माओवादीकी उम्मेदवार अर्याललाई सघाउने निर्णय भएको बताए ।

राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि आज उम्मेदवारी दर्ताको समय तोकिएको छ । आज दिउँसो १ बजेदेखि ४ बजेसम्म समय निर्धारण गरिएको छ । उपाध्यक्ष चयनका लागि भोलि ९सोमबार० निर्वाचन हुने कार्यतालिका रहेको छ ।

Top Changing Nepal

युट्युब सट्स