• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०३ असार २०८३, बुधबार
०३ असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

‘हरेक घरको खुसी’ अभियानसँगै एलजी एसेन्सियल सिरिजका नयाँ घरेलु उपकरण सार्वजनिक
  • १२ घण्टा 

राष्ट्र बैंकले बजारमा ल्यायो नयाँ डिजाइनको ५०० रुपैयाँको नोट
  • १८ घण्टा 

सुनचाँदीको मुल्यमा गिरावट, कतिमा हुँदैछ आज कारोबार ?
  • १८ घण्टा 

आज तराईका केही भागमा मध्यमस्तरको बर्षा हुन सक्ने
  • २३ घण्टा 

२०८३ असार ०३ गते बुधवार, यस्तो रहेको छ तपाईको आजको राशिफल्
  • १ दिन 

काठमाडौँको मेरियट होटलमा ‘फ्लेभर्स अफ थाइल्याण्ड’ फेस्टिभल सुरु
  • १ दिन 

संस्थागत भुक्तानी प्रणाली आधुनिकीकरण गर्न इसेवा र आइएमएसको सहकार्य
  • १ दिन 

विश्वकपको माहोल लक्षित गर्दै टिसिएलले सार्वजनिक गर्‍यो नयाँ पोर्टेबल पार्टी स्पिकर
  • २ दिन 

ट्राफिक व्यवस्थापन सुधारका लागि नाडा र उपत्यका ट्राफिक प्रहरीबीच सहकार्य
  • २ दिन 

लोकप्रिय समाचार

  • १. नेपालमा पहिलोपटक एक्सपल्स २१० को अफ–रोड टेस्ट राइड, ‘द फर्स्ट २१० एक्सपिरियन्स’ सम्पन्न

  • २. अत्याधिक गर्मीमा पंखाविहीन कक्षा, शिक्षक अभावले विद्यार्थीको पढाइ प्रभावित

  • ३. जेसीबी नेपालद्वारा इटहरीमा ग्राहक सम्मान कार्यक्रम आयोजना

  • ४. २०८३ असार ०१ गते सोमवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ५. सीजीको नयाँ वर्ष योजना : झापाका रणधीर गुप्ता बने पाँच उपहार सामग्रीका विजेता

  • ६. सुनचाँदीको मूल्य आज पनि घट्यो

  • ७. आज मधेश प्रदेशको एक-दुई स्थानमा मध्यम वर्षा हुने

  • ८. ट्राफिक व्यवस्थापन सुधारका लागि नाडा र उपत्यका ट्राफिक प्रहरीबीच सहकार्य

  • ९. आईकार भी २३ सीमित स्टकमा पुरानै मूल्यमा, ग्राहकलाई ३ लाख रुपैयाँसम्म बचत

  • १०. पाकेको आँप भन्दा काँचो आँप स्वास्थ्यका लागि फाइदा

बाँदर नियन्त्रणको उपाय खोज्दै मन्त्री गुरुङ

जानकारी केन्द्र २०७९, फाल्गुन, ४

काठमाडौँ । मकै छर्न खेतबारी खनजोत गर्ने समय सुरुसँगै पोखरा–२२ लुकुमस्वारा निवासी कृष्ण पौडेललाई यतिबेला बारीमा छरेको मकै बाँदरबाट कसरी जोगाउने भन्ने चिन्ता छ । मकै मात्र होइन बारीमा लगाएको तरकारी र फलफूलसमेत बाँदरले राख्दैन, रातदिन बाँदर धपाउँदैमा समय खर्चनुपर्छ, यहाँका किसानलाई ।

पोखरा–१३ आर्वाका किसान हरिकृष्ण सिग्देलेको चिन्ता पनि बाँदरबाट कसरी तरकारी तथा अन्नबाली जोगाउने भन्ने नै छ । खर्च गरेर मकै र तरकारी रोप्यो बाँरदको आहारा बन्छ, परिवारले के खाने सिग्देलले दुःख व्यक्त गरे । बारीको मकै र तरकारी जोगाउन छिमेकी मिलेर बाँदर धपाउन आलोपालो गर्ने गरेका छौँ तर पनि मानिस नभएको मौका छोपेर बाँदरले तरकारी तथा मकैबारीमा पसेर खाइदिने गरेको किसान सिग्देल बताउँछन् । कास्कीका अधिकाशं गाउँका किसान बाँदर आतङ्कबाट पीडित छन् । पछिल्ला वर्ष त बाँदरले झ्यालबाट पसेर भरभित्रको अन्नसमेत लिएर भाग्ने गरेको सिग्देलले सुनाए ।

पोखरा–२२ का वडाध्यक्ष हिमलाल बरालले भने, “किसानले लगाएको बाली बाँदरबाट जोखाउन अनेकौँ उपाय ग¥यौँ, तर नियन्त्रण गर्न सकिएन ।” उनका अनुसार बादरबाट तरकारी तथा मकैबाली जोगाउन सक्यौँ भने पनि वडाका अधिकांश किसानले राहत मात्र होइन, अन्नबाली किन्न समेत थोरै पथ्र्यो । गण्डकी प्रदेश सरकारसँग बाँदरको सङ्ख्या वा तिनीहरूले अन्न तथा तरकारी बारीमा गरेको क्षति विवरणको तथ्याङ्क भने छैन ।

गण्डकी प्रदेश सरकारका कृषि ऊर्जा तथा जलस्रोतमन्त्री बेदबहादुर गुरुङले आफू बाँदर नियन्त्रण गर्ने उपायको खोजीमा रहेको बताए । कास्की तथा यस प्रदेशमा रहेका जिल्लाको अधिकाशं गाउँका किसानको गुनासो नै बाँदरबाट पीडित हुनुपरेको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनमा बाँदर मार्ने अधिकार छैन । बाँदरलाई जसरी हुन्छ किसानको अन्नबाली खान नदिन र किसानबाट टाढा राख्नु मुख्य चुनौती भएको छ । किसानको बारीमा बाँदर नआउने अचुक उपाय कसैसँग भए लाखौँ रुपैयाँको पुरस्कार दिनेसमेत मन्त्री गुरुङले घोषणा गरे ।

“किसानलाई खेतबारीमा टिकाइराख्न बाँदरलाई जङ्गलतिरै रोक्नु आवश्यक छ । तर, बाँदरका कारण किसानले भोग्नुपरेको क्षतिबारे थाहा हुँदाहुँदै पनि यो समस्यालाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा अनभिज्ञ छौँ”, मन्त्री गुरुङले भने, “बाँदरले किसानको बारीमा पु¥याएको क्षतिलाई मूल्याङ्कन गरी क्षतिनपूर्ति दिने व्यवस्था कानुनमा नै छैन ।”

सन् २०१७ मा कास्कीमा गरिएको एक अध्ययन अनुसार रेसस मकाक प्रजातिका बाँदरले बढी मात्रामा आक्रमण गर्ने बालीमा मकै, आलु, गहुँ, काउली र धान छन् । सन् २०१७ मा सर्वेक्षण गरिएका ६० घरधुरीमध्ये ३२ प्रतिशतले २० हजार रुपैयाँ नोक्सन भएको प्रतिवेदन सार्वजनिक भएको थियो भने ३० प्रतिशतले भने १० देखि २० हजार रुपैयाँ नोक्सान भएको जानकारी दिएका थिए ।

मन्त्री गुरुङले भने, “पाँच वर्ष म मादी गाउँपालिकाको अध्यक्षमा रहेँ, त्यहाँ पनि किसानको टाउको दुखाइ बाँदर आतङ्क नै बन्यो, नियन्त्रणका लागि बजेट पनि छुट्याइयो तर बाली जोगाउन सकिएन, बाँदर नियन्त्रणको अचुक उपायको खोजी यसअघि पनि गरिएको हो, तर पत्ता लागेन, अहिले प्रदेशको मन्त्री भएको छु, जिल्लाहरूबाट किसानको गुनासो बाँदरले अन्न तथा तरकारी वालीमा क्ष्यति पु¥याएको आइरहेका छन् ।”

कुकुरसँग केही मात्रामा बाँदर डराउने भए पनि समूहमा आएका बाँदरले कुकुरलाई नै झम्टने गर्छन् । संरक्षित प्रजाति भएकाले बाँदरलाई मार्नु गैरकानुनी हुने मन्त्री गुरुङको भनाइ छ । “बाँदरलाई धपाउनु नै हो, हामीसँग बाँदरलाई समात्ने वा बन्दी बनाउने कुनै साधन छैन, उपायको खोजी नभएसम्म बाँदरलाई धपाउनुको विकल्प छैन”, मन्त्री गुरुङले भने ।

राससको कुराकानीमा मन्त्री गुरुङले भने, “किसानको अन्नबालीमा बाँदर पस्न नसक्ने उपाय खोज्नका लागि बाँदर विज्ञहरूसँग छलफल अघि बढाउने तयारी गरेको छु ।” बाँदरलाई तर्साउनका लागि बाँदर बन्दुक प्रयोग गरियो तर बन्दुकले पनि बाँदर नभागेको पोखराका किसान सूर्य बरालले गुनासो गरे । उनले भने, “एक दुई हप्तापछि बाँदरलाई बन्दुकको आबाज सुन्ने बानी प¥यो ।”

बाँदरबाट पीडित किसान बीमा र क्षतिपूर्ति नीति ल्याउन गण्डकी प्रदेश सरकारलाई दबाब दिइरहेका छन् । यसैवर्ष मात्र कास्कीको मादी गाउँपालिकाले बाँदर नियन्त्रणको लागि यसै आर्थिक वर्षमा रु १२ लाख बजेट विनियोजन गरेको छ, तर उपयुक्त विधि नभएका कारण दिगो रुपमा बाँदर नियन्त्रण गर्नसक्ने अवस्था छैन ।

“बुढापाकाको भनाइ अनुसार चितुवा बसेको ठाउँमा बाँदर बस्दैन भनिन्छ, तर गाउँमा चितुवा ल्याएर राख्न पनि सम्भव हुने कुरै भएन”, मादीका किसान इन्द्र सापकोटाले भने, “बाँदरका लागि जङ्गलमा नै आहरा उपलब्ध गराउन सकेको खण्डमा गाउँमा पस्ने थिएनन् कि रु” विज्ञहरूले खाद्यान्न अभावका कारण बाँदर ग्रामीण भेगबाट अर्ध–सहरी बस्तीतर्फ आइरहेका छन् ।

नेपालमा बाँदरको आधिकारिक तथ्याङ्क नभएको डिभिजन वन कार्यालय कास्कीका डिभिजनल वन अधिकृत केदार बरालले जानकारी दिए । उनका अनुसार नेपालमा मुख्यतया तीन प्रजातिका रेसस मकाक, असामी बाँदर र हनुमान लङ्गुर बाँदर छन् । हनुमान लङ्गुुर र असामी बाँदरको खतरा अलि थोरै र रेसस मकाकले बालीमा सबैभन्दा बढी क्षति पु¥याउने गरेको छ । नेपालको कानुनमा पनि विभिन्न १४ वन्य जन्तुले पु¥याएको क्षतिको क्षतिपूर्ति दिने व्यवस्था छ, तर बाँदरले पु¥याएको क्षतिपूर्ति दिने व्यवस्था नभएको जानकारी बरालले दिए ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
‘हरेक घरको खुसी’ अभियानसँगै एलजी एसेन्सियल सिरिजका नयाँ घरेलु उपकरण सार्वजनिक
राष्ट्र बैंकले बजारमा ल्यायो नयाँ डिजाइनको ५०० रुपैयाँको नोट
सुनचाँदीको मुल्यमा गिरावट, कतिमा हुँदैछ आज कारोबार ?

ताजा

‘हरेक घरको खुसी’ अभियानसँगै एलजी एसेन्सियल सिरिजका नयाँ घरेलु उपकरण सार्वजनिक

राष्ट्र बैंकले बजारमा ल्यायो नयाँ डिजाइनको ५०० रुपैयाँको नोट

सुनचाँदीको मुल्यमा गिरावट, कतिमा हुँदैछ आज कारोबार ?

आज तराईका केही भागमा मध्यमस्तरको बर्षा हुन सक्ने

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.