नेपाली सेनामा ४,५०० पदमा आवेदन खुला : सुरक्षा क्षेत्रमा करियर बनाउने अवसर
काठमाडौं । नेपाली सेनाले रिक्त दरबन्दी पूर्ति गर्न ४ हजार ५ सय जनाका लागि आवेदन आह्वान गरेको छ । जङ्गी अड्डा, भर्ना छनोट निर्देशनालयले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै सैन्य तथा विभिन्न प्राविधिक र सेवामुलक पदहरूमा नयाँ भर्ना प्रक्रिया सुरु गरेको जनाएको हो ।
सेनाले सैन्य पदका अतिरिक्त बन्दोबस्ती कार्य सिपाही (ब.का.सि), सुचिकार, सरसफाईकर्मी, चर्मकर्मी, लोहकार, केशकर्तक, सिकर्मी, सयस र नालबन्दी लगायत विशेष सीप आवश्यक पर्ने पदहरूमा समेत दरखास्त मागेको छ ।
खुला प्रतियोगितामार्फत पदपूर्ति गरिने यस भर्ना प्रकियामा योग्यता पुगेका देशभरका इच्छुक नेपाली नागरिकले सहभागिता जनाउन सक्नेछन् । इच्छुक उम्मेदवारहरूले सेनाले तोकेका विभिन्न भर्ना छनोट केन्द्रहरूमा भौतिक रूपमा उपस्थित भई आवेदन दिनुपर्नेछ ।
सूचना अनुसार आवेदन प्रक्रिया वैशाख १८ गतेदेखि सुरु भई जेठ १६ गतेसम्म कायम रहनेछ । नेपाली सेनाले आफ्नो संगठनलाई सुदृढ बनाउन र रिक्त पदहरू समयमै पूर्ति गर्न ठूलो संख्यामा जनशक्ति माग गरेको जनाएको छ ।
तोकिएको समयसीमा भित्र र तोकिएका मापदण्ड पूरा गरी दरखास्त दिने उम्मेदवारहरूलाई विभिन्न चरणको छनोट प्रक्रियामा सामेल गरिनेछ । सुरक्षा निकायमा करियर बनाउन चाहने युवाहरूका लागि यो एक महत्वपूर्ण अवसरको रूपमा हेरिएको छ ।
सम्बन्धित समाचार
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
विपद्मा प्याब्सनको १२ करोड सहयोग, प्रभावित पाँच विद्यालयका लागि २ करोड छुट्याइयो
बाढीपहिरो प्रभावितका लागि शाओमी नेपालको २० लाख सहयोग
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी

