ट्विटरपछि अब फेसबुक र इन्स्टाग्रामले पनि ब्लु टिकको लागि पैसा लिने
एजेन्सी । केहि समय अघि ट्विटरले ब्लु टिकको लागि पैसा लिने घोषणा गरेको थियो । यो योजना एलोन मस्कले ट्विटर खरिद गरेपछि सुरु भएको थियो । युरोपका धेरै देशहरूमा ट्विटर ब्लु टिक मनिटेकिङ स्किम सुरु गरेपछि यसको विरोध पनि हुने गरेको छ ।
यद्पी ट्विटरको यो घोषणापछि अब मेटाले पनि फेसबुक र इन्स्टाग्राममा ब्लु टिकको लागि पैसा लिने घोषणा गरेको छ । फेसबुक र इन्स्टाग्राम ह्यान्डल गर्ने कम्पनी मेटाका संस्थापक र सीईओ मार्क जुकरबर्गले ब्लू टिकको लागि पैसा लिने योजना बनाएको बताएका छन् ।
अहिले यो योजना अस्ट्रेलिया र न्यूजिल्याण्डबाट सुरु हुँदैछ । मेटाले आइतबार घोषणा गर्यो कि यसले इन्स्टाग्राम र फेसबुकको वेबको लागि प्रति महिना ११।९९ डलर र मोबाइलको लागि प्रति महिना १४.९९ डलरमा सशुल्क प्रमाणीकरण परीक्षण गरिरहेको छ ।
मेटाका संस्थापक र सीईओ मार्क जुकरबर्गले घोषणा गरे कि मेटा भेरिफाइड खाताले प्रयोगकर्ताहरूलाई प्रमाणित ब्याज, प्लेटफर्महरूमा बढेको दृश्यता, प्राथमिकता ग्राहक समर्थन र थप कुराहरू प्रदान गर्नेछ ।
१८ वर्ष भन्दा माथिका प्रयोगकर्ताहरूले ब्लू टिक पाउने
यो नयाँ फिचरले सेवाहरूको प्रामाणिकता र सुरक्षा बढाउने जुकरबर्गले बताए । यो सेवा लिन कम्तिमा १८ वर्ष वा सोभन्दा माथिको हुनुपर्ने र सरकारी आईडी पेश गर्नुपर्ने छ ।
सम्बन्धित समाचार
“एलजीको उपहार, मनाऔँ दशैं र तिहार” योजना सार्वजनिक
बेकोले ल्यायो दसैँ विशेष उत्सव योजना – ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’
एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने
सडक बिग्रिए अब मोबाइबाटै गुनासो राख्न सकिने, काठमाडौँमा सुरु भयो ‘सडक सुझाव एप’
फ्रान्समा १५ वर्षमुनीका बालबालिकालाई सामाजिक सञ्जालमा रोक
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


