• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, पुष ०६, २०८२
आइतबार, पुष ०६, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न

२०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

आज : नेप्से बढ्यो कि घट्यो ?

नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित

बागमती नदीमा फोहोर संकलनका लागि ट्रास बेरियर जडान

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

८४ दिनका लागि २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ शुक्रबारबाट सुरु

नोबेल मेडिकल कलेज भवनबाट खसेका इन्टर्न डाक्टरको निधन

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

  • ५. Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

  • ६. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्य पनि बढ्यो : कतिमा हुँदैछ कारोबार ?

  • ८. दिपल एस०५ ले पायो युरो एनक्यापमा ५ स्टार रेटिङ

  • ९. सुनको मूल्य घट्दा चाँदी भने बढ्यो, कतिमा हुँदैछ कारोबार?

  • १०. नाइमाको वार्षिक साधारण सभा सम्पन्न, आगामी मोबिलिटी एक्सपो श्रावण २६ देखि ३१ सम्म हुने

तरकारी खेतीबाट वार्षिक रू १२ लाख आम्दानी

गलेश्वर । म्याग्दीको पर्यटकीयस्थल लभ्लीहिलको पुछारमा चारतले पक्की घर छ । सदरमुकाम बेनीको मङ्गलाघाटमा घर र घडेरी । सत्ताइस रोपनीभन्दा बढी खेतबारी अनि त्यही खेतबारीमा तरकारी नै तरकारी । पोखरीमा माछा, खोरमा बाख्रा र लभ्लीहिल नजिकै किराना पसल बेनी नगरपालिका–२ खबरास्थित लभ्लीहिलका ५९ वर्षीय चन्द्रबहादुर कार्कीले तरकारी खेतीबाट आर्जेको सम्पत्ति हो यो ।

चालिस वर्ष पहिले ‘विदेश पनि जान्न, जागिर पनि खान्न’ भन्ने अडानका साथ विसं २०३४ सालमा रू एक हजार लगानी गरी कृषि पेसा सुरु गरेका उनले अहिले रू तीन करोडभन्दा बढी सम्पत्ति आर्जन गरिसकेका छन् । सँगैका साथी अहिले कृषि वैज्ञानिक, वरिष्ठ कृषि विकास अधिकृतलगयात निजामती सेवाको उच्च तहमा पुगे पनि कार्कीको प्रगति देखेर उनीहरु आश्चर्यमा पर्ने गरेका छन् ।

अठार वर्षको उमेरदेखि नै कृषि पेसा गर्दै आएका उनले अहिले जिल्लाका नमुना किसान र कृषि पेसाबाट नै सामाजिक सेवामा सक्रिय व्यक्तिका रुपमा चिनिन्छ । कार्कीले १८ रोपनी जग्गामा मौसमी तथा बेमौसमी तरकारी खेती गरेका न्छ । उनीे जिल्लामा मिश्रित खेती प्रणाली गर्ने पहिलो किसान हुन्।

कार्कीको खेतबारीमा बाह्रैमास आलु, बन्दा, काउली, गोलभेँडा, साग, ब्रोकाउली, धनियाँ, लसुन, प्याज, खुर्सानीलगायत तरकारी र केरा, सुन्तला, कागती, अम्बालगायत फलफूल देखिन्छन् । गोठमा भैँसी, बाख्रा, घर वरपर राखेका मौरीका घारमा मौरी र माछा पालनबाट पनि उनले मनग्गे आम्दानी गर्दै आएका छन् ।

“मैले १८ वर्षको उमेरदेखि तरकारी खेती सुरु गरेको हुँ,” कार्कीले भने, “त्यतिबेला मलाई जागिर खान वा विदेश जानका लागि धेरै आग्रह गरिएका थिए, तर मैले जागिर पनि नखाने र विदेश पनि नजाने अड्डी लिएर कृषि पेसा सुरु गरेँ । रू एक हजार लगानीबाट सुरु गरेको व्यावसायिक तरकारी खेतीबाट वार्षिक रू १२ लाखभन्दा बढी कमाइ हुने गरेको छ ।”

“तरकारी बिक्रीबाट आएको आम्दानीले बेनी बजारको मङ्गलाघाटमा घडेरी किनेर घरसमेत बनाएको छु । लभ्लीहिलमा चारतले पक्की घर हालै निर्माण गरेको हुँ”, उनले भने, “माछा, कुखुरा र घरभाडाबाट हुने आम्दानी तथा पसलबाट हुने फाइदा मेरा आम्दानीकमा स्रोत हुन् ।”

माटोसँग खेल्दा र पसिना चुहाउँदा निकै आनन्दको अनुभूति हुन्छ । यही माटोमा गरेको परिश्रमले यहाँसम्म ल्याइपु¥याएको हो । यिनै पसिना विदेशी भूमिमा खर्च गरेको भए न यत्तिको कमाउन सक्थेँ, न आत्मसन्तुष्टि नै मिल्ने उनको भनाइ छ ।

खबराको पिपलडाँडाको तल्लोपट्टि पर्यटकीयस्थल लब्लीहिलको नजिकै रहेको उनको खेतबारी कृषिको प्रयोगशालाजस्तो देखिने स्थानीय तेजेन्द्रबहादुर कार्कीले बताए । सधैँभरि तरकारी र फलफूलले हरियाली देखिने कार्कीको नर्सरी, तरकारी खेती र केराबारी हेर्नका लागि यहाँ पुगेका आन्तरिक तथा बाह्य पर्यटक उनको घरसम्म पुग्ने गरेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न
    आज : नेप्से बढ्यो कि घट्यो ?
    नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

    Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

    ताजा

    ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    आज : नेप्से बढ्यो कि घट्यो ?

    नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न
    • २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • आज : नेप्से बढ्यो कि घट्यो ?
    • नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित
    • बागमती नदीमा फोहोर संकलनका लागि ट्रास बेरियर जडान

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.