सपनामा महिलालाई देख्नुहुन्छ ? ज्योतिष शास्त्र यसो भन्छ
काठमाडौं । ज्योतिष शास्त्रका अनुसार सपनाको वास्तविक जीवनसँग सम्बन्ध हुन्छ । तपाईलाई सपनाले कहिले केही भन्न खोजिरहेको हुन्छ । तर, तपाईले त्यसको मतलव बुझ्न सक्नु हुन्न । यदी तपाईले सपनामा महिलालाई विभिन्न रुपमा देख्नुभयो भने के हुन्छ र त्यसको अर्थ के लाग्छ त रु
नाचिरहेको युवती देखेमाः
नाचिरहेको युवती सपनामा देखिएमा तपाईंको आफ्नी प्रेमिकासँग सम्बन्ध टुट्ने वाला छ ।
दुलही रुपी महिलाः
जब कोही मानिसले सपनामा सजिएकी दुलही देख्छ भने त्यस्ता मानिसले अनेकौं सुख प्राप्त गर्ने संकेत गर्दछ । सपनामा धेरै परीहरु एकसाथ देख्दा अचानक धनसम्पत्ति प्राप्त गर्ने संकेत हो ।
सुनौलो कपाल भएकी महिलाः
कोही व्यक्तिले सपनामा सुनौलो कपाल भएको महिला देख्छ भने उसको विवाह कुनै धनी परिवारको महिलासँग हुनेछ ।
बुर्का लगाएकी महिलाः
बुर्का लगाएकी महिला सपनामा आउँछिन् भने कुनै साथी, आफन्त र बिजनेस पार्टनरबाट धोका मिल्ने संकेत गर्छ ।
स्त्रीलाई चुम्बन गरेको सपना देखेः
कसैले यदि सपनामा स्त्रीलाई चुम्बन र सम्बन्ध स्थापित गरेको देख्छ भने अचानक धन प्राप्त हुने संकेत हो ।
स्त्रीले अंगालो हालेको देख्नुः
सपनामा जसलाई सुन्दर महिलाले अंगालो हाल्छिन् त्यस्ता व्यक्तिहरु धनी हुनेछन् । जसले सपनामा आफ्नी प्रेमिकालाई छोड्छ उसलाई धन–सम्पत्ति प्राप्त गर्दछ ।
श्रीमतीसँग घुम्न गएको देख्दाः
कोही व्यक्तिले यदि श्रीमतीसँग कतै घुम्न गएको देख्छ भने उनीहरुको दाम्पत्य जीवन सुखसँग व्यतित हुने संकेत हो ।
झुम्का लगाएकी महिला देखेमाः
सपनामा कुनै युवतीले झुम्का लगाएको देखेमा कुनै शुभ समाचार सुन्न पाउने संकेत हो ।
श्रीमतीसँग टाढा भएको देखेमाः
कोही व्यक्तिले आफ्नी श्रीमतीसँग टाढा भएको सपना देखेमा त्यस्ता व्यक्तिहरु चाँडै नै कुनै रोगको शिकार हुने संकेत हो ।
सुँगुरमा बसेकी महिला देखेमाः
जसले सपनामा सुँगुरमा बसेकी महिला आफूतर्फ आइरहेको देख्छ भने त्यो व्यक्तिको मृत्यु हुने सम्भावना रहन्छ ।
रातो पहिरनकी महिलाले अंगालो हालेमाः
जब कोही व्यक्तिले सपनामा रातो रंगको कपडा लगाएर अंगालो हाली माला पहिराउँछ भने उक्त व्यक्तिको मृत्यु चाँडै नै हुन सक्छ ।
कोही यौनकर्मीले तानिरहेको देखेमाः
यदि सपनामा कुनै यौनकर्मीले तानिरहेकी देख्नुहुन्छ भने उसले आफ्नो जीवनमा अनेक कष्ट भोग्नुपर्ने हुन सक्छ ।
बिरालो सुतिरहेको देखेमाः
यदि कोही अविवाहित युवतीले कुर्सीमा बिरालो सुतिरहेकी देख्छिन् भने उनको विवाह कुनै धनी युवकसँग हुनेछ ।
सम्बन्धित समाचार
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य

