Jankari Kendra
२४ श्रावण २०८३, आईतवार
Worldlink

मिटर ब्याँज पीडितहरु एक महिना देखि धर्नामा

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०८०, बैशाख, २३
मिटर ब्याँज पीडितहरु एक महिना देखि धर्नामा

काठमाडौं । मिटर ब्याँज पीडित एक महिना देखि धर्नामा बसेका छन् । गत चैत २९ देखि काठमाडौं रत्नपार्कस्थित खुल्ला स्थानमा धर्नामा बसेका मिटरब्याज पीडितलाई भने सरकारले अझै सम्बोधन गर्न सकेको छैन् ।

पटक पटक बार्ता भए पनि मिटर ब्याज पीडितले धर्नालाई भने जारी राखेका छन । सरकारले मिटरब्याजी पीडितको पक्षमा छानविन गर्न जाँचबुझ आयोग समेत बनाएको भए पनि आयोग बनाएर मात्रै न्याय नहुने भन्दै तत्काल कारबाही प्रक्रिया अघि बढाउनु पर्ने माग राख्दै मिटरब्याज पीडितले धर्ना जारी राखेका हुन् ।

जाली तमसुक च्यात्नु पर्ने तथा पिडकलाई तत्कालै कारबाही गर्नुपर्नेलगायतका माग राखेर उनीहरुले धर्नालाई निरन्तरता दिएका हुन । सरकारले हालै अध्यादेशमार्फत मिटर ब्याँजमा संलग्नहरुलाई ७ बर्षसम्म जेल सजाय दिने निर्णय भने लिईसकेको छ ।

मिटर ब्याँज पीडितहरुले आफुहरुलाई सरकारले वेवास्ता गरेको गुनासो नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईसमक्ष राखे पछि उनले सो बिषयलाई राजनीतिक रुपमा सम्बोधन गनुपर्ने जनाएका थिए । नेपाल समाचारपत्र दैनिकबाट

Top Changing Nepal

युट्युब सट्स