• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२३ असार २०८३, मङ्गलबार
२३ असार २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

शाओमी नेपालको नयाँ सर्भिस सेन्टर ताम्राकार हाउसमा सञ्चालन, प्रयोगकर्तालाई सहज र भरपर्दो सेवा
  • १० घण्टा 

बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय
  • ११ घण्टा 

जापानले बनायो भूकम्प आउनासाथ हावामा माथि उठ्ने घर
  • १२ घण्टा 

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्थाबीच रणनीतिक साझेदारी
  • १३ घण्टा 

लक्ष्यभन्दा ५.३ प्रतिशत बढी राजस्व संकलन गर्न सफल भैरहवा राजस्व कार्यालय
  • १३ घण्टा 

मध्यपूर्वमा तनाव चर्किदा तेल बजारमा उछाल, दुई दिनमै कच्चा तेलको मूल्यमा तीव्र वृद्धि
  • १५ घण्टा 

पेलेको किर्तिमान तोडेका नेयमार थिए, रोनाल्डो र मेस्सी भन्दा महंगा खेलाडी
  • १५ घण्टा 

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले २० अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै
  • १६ घण्टा 

वैज्ञानिकहरूले खोजे नयाँ जीव, जुन ‘शिशु शारीरिक’ संरचनामा नै हुन्थ्यो बुढो
  • १६ घण्टा 

लोकप्रिय समाचार

  • १. सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

  • २. सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

  • ३. २०८३ असार १९ गते शुक्रवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ५. चेरी क्यू अर्बन क्रसओभर नेपाल भित्रिँदै, नाइमा एक्सपोमा अवलोकन गर्न पाइने

  • ६. २०८३ असार २३ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ७. हवाई इन्धन सस्तिएसँगै आन्तरिक उडानको भाडा घट्यो,अब कुन गन्तव्यमा कति ?

  • ८. लायन्स क्लब अफ काठमाडौं समर्पणद्वारा रक्तदान तथा सामाजिक सेवासहित लायन्स वर्ष २०२६–२७ को शुभारम्भ

  • ९. वैज्ञानिकहरूले खोजे नयाँ जीव, जुन ‘शिशु शारीरिक’ संरचनामा नै हुन्थ्यो बुढो

  • १०. देशभर मनसुनी वायूको प्रभाव : एक दुई स्थानमा भारी वर्षाको सम्भावना

माटो परीक्षणमा कृषक अनिच्छुक

जानकारी केन्द्र २०८०, जेष्ठ, ५

पर्वत । खेतबारीमा जति मिहेनत गरिएको हुन्छ त्यसको तुलनामा अन्न उत्पादन नहुँदा धेरै कृषकले वैकल्पिक बाटो रोज्न थालेको अवस्था छ । कतिपयले व्यावसायिक रूपमा भन्दा आफूलाई काम चल्ने गरेर मात्रै खेतीपाती गर्ने गरेका छन् । यो नतिजा आउनुको एक प्रमुख कारणका रूपमा माटो परीक्षण नगरीकनै खेती बाली लगाउनु रहेको कृषि ज्ञान केन्द्रका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाले बताए ।
कृषकलाई व्यावसायिक रूपमा कृषिमा आकर्षण गरी थोरै माटोको अवस्था अनुसारको खेती गर्न भन्दै गण्डकी प्रदेश सरकारले २०७८ सालदेखि प्रदेशका हरेक कृषि ज्ञान केन्द्रमा माटो परीक्षणका लागि ‘मिनी ल्याब’ स्थापना गरेको छ । गत वर्षको साउनदेखि हालसम्मका १३ महिनाको अवधिमा कूल २२ नमूनाको मात्रै परीक्षण भएको छ । त्यो पनि कृषकले ल्याएको नभई ज्ञान केन्द्र आफैँले माटो ल्याएर गरिएको हो ।
विगतका वर्षमा जस्तो माटो परीक्षणका लागि पोखरा नै जानुपर्ने अवस्था रहेको भए ती २२ नमूना पनि आउने थिएनन् । जिल्लामै परीक्षण हुने भएकाले कार्यालयको सक्रियतामा जिल्लामा मोटोको अवस्थाका बारेमा थाहा पाउन सजिलो भएको छ । माटो परीक्षणका क्रममा माटोमा रहने धेरै प्रकारका खाद्य तत्वको अवस्थाबारे पत्ता लगाइन्छ । ठूला अनुसन्धानमा सबै प्रकारका खाद्य तत्वको परीक्षण गरिने भए पनि कृषकलाई लक्षित गरेर गरिने परीक्षणमा नाइट्रोजन, फस्फोरस र पोटासको परीक्षण गर्ने गरिन्छ ।
यस बाहेकका अन्य दुई प्रकारका खाद्य तत्वलाई पनि अवस्थाअनुसार परीक्षण गरिन्छ । माटोमा रहेका पाँच प्रकारका तत्वको परीक्षण गर्दा खास लाग्ने शुल्क रु पाँच सय भए पनि कृषि ज्ञान केन्द्रले कृषकलाई रु एक सयमा नै परीक्षण गर्दै आएको छ । विद्यार्थी वा अन्य प्रयोजनको अनुसन्धान गर्न माटो परीक्षण गर्नेले भने रु तीन सय तिर्नुपर्छ ।
निकै सुलभ दरमा माटो परीक्षण हुँदा पनि कृषक भने परम्परावादी तरिकामा आफ्नै ढङ्गले खेती गरिरहेका छन् । जिल्लाको कुश्मा नगरपालिका–९ कटुवाचौपारीका रामकृष्ण लामिछानेले जिल्लामा माटो परीक्षण हुन्छ भन्ने थाहा पाए पनि त्यसका लागि नगएको बताए । “माटो परीक्षण हुन्छ भन्ने त थाहा थियो, त्यही पनि खै अरूले माटो लगेको देखेको छैन, मैले पनि लगेको छैन, अन्न फल्नै छोडे त के भयो भनेर खोजी हुने थियो होला”, उनले भने, “बरु अब एकचोटि लगेर देखाउन पर्ला, यहाँको जमिनमा राम्रो उत्पादन हुने भएकाले पनि यतातिर परीक्षणमा खासै कसैको रुचि देखिन्न ।”
वरिष्ठ कृषि विकास अधिकृत थापाले यसमा कृषकको चासो निकै कम भएको बताए । गाउँमा रहेका कृषि फर्म तथा विभिन्न अनुगमनका लागि जाने बेलामा परीक्षणका लागि आउन भनिए पनि कृषक नआएको उनको अनुभव छ । “मान्छे नै बिरामी परे पनि एकदुई दिन हेरौँ, भएन भने लैजाउँला भन्ने मानसिकता अझै पनि भेटिन्छ, मान्छेलाई त समयमा उपचार नगर्ने अवस्थामा माटोको उपचार गर्न कसलाई पो चासो लागोस् रु”, उनले भने, “तर जब कुरा बुझ्नुहुन्छ, त्यसपछि कृषक आफैँ माटो बोकेर आउने छन्, यसको फाइदाका बारेमा जानकार नभएर पनि चासो नभएको होला ।”
कृषकले परीक्षणका लागि माटो नल्याएको भए पनि कृषि ज्ञान केन्द्रले अनुगमन वा कार्यक्रममा गएका बेलामा फरक फरक ठाउँबाट माटोको नमूना ल्याएर परीक्षण गर्ने गरेको छ । त्यो नतिजालाई हेर्दा नेपालभर रहेको अवस्थाभन्दा पर्वतको माटो झनै बिग्रिएको अवस्थामा रहेको पाइएको छ । नेपालको माटोको ‘पिएच’ हेर्दा राष्ट्रिय रूपमा ६० प्रतिशत छ । यो आफैँमा माटोको कमजोर अवस्था हो । पर्वतको माटोमा त्यही पिएचको अवस्था ८४ प्रतिशत रहेको पाइएको छ ।
बाइस नमूनाको परीक्षणबाट यो अवस्था देखिएको र यसले कृषि उत्पादनलाई बिस्तारै कमजोर पार्दै लगेको थापाको भनाइ छ । माटोमा नाइट्रोजन र फस्फोरसको मात्रा जति धेरै भयो उति नै राम्रो हुने भए पनि पर्वतको माटोको अवस्था मध्यम देखिएको छ ।
माटोको गुज्रिएको अवस्थाका कारण नै माटोको शक्ति जोगाउन सबै कृषकलाई कार्यालयमा आएर यसका बारेमा आह्वान गरिएको उनले बताए । माटोको अवस्था यही गतिमा खस्किँदै जाने हो भने केही वर्षपछि उत्पादन शून्य अवस्थामा आउनसक्ने र भोकमरीको विकराल अवस्था आउनसक्ने थापाले बताए ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
शाओमी नेपालको नयाँ सर्भिस सेन्टर ताम्राकार हाउसमा सञ्चालन, प्रयोगकर्तालाई सहज र भरपर्दो सेवा
बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय
जापानले बनायो भूकम्प आउनासाथ हावामा माथि उठ्ने घर

ताजा

शाओमी नेपालको नयाँ सर्भिस सेन्टर ताम्राकार हाउसमा सञ्चालन, प्रयोगकर्तालाई सहज र भरपर्दो सेवा

बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय

जापानले बनायो भूकम्प आउनासाथ हावामा माथि उठ्ने घर

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्थाबीच रणनीतिक साझेदारी

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.