असिनाले पर्वतमा दुई करोडको काँक्राको बीउ नष्ट
काठमाडौं । पर्वतको फलेबास नगरपालिका–११ मा पर्ने सानो गाउँ पाङराङको कर्नासमा हरेक वर्ष दुई करोड बराबरको काँक्राको बीउ उत्पादन हुँदै आएको थियो । यस वर्ष भने फल लाग्ने बेलामा आएको असिना पानीले पूरै नष्ट गरिदिएको छ ।
असिना पानीले फल लागेका काँक्रा पूर्ण रुपमा नष्ट भएको स्थानीय नारायणस्थान बीउ उत्पादन समूहका अध्यक्ष माया पाठकले जानकारी दिए । उक्त गाउँमा गत वर्ष पनि असिनाकै कारण बीउ उत्पादन घटेको थियो ।
बीउ उत्पादनबाट बर्सेनि दुईदेखि दुई करोड १० लाखसम्म भित्र्याउँदै आएको सो गाउँमा यस वर्ष भने कत्ति पनि उत्पादन नभएको पाठकले जानकारी दिए। यहाँका कृषकले दुई वर्षअघि सात टन बीउ उत्पादन गरेका थिए । त्यसबाट दुई करोड १० लाख आम्दानी गरेका थिए भने अघिल्लो वर्ष एक करोड २३ लाख भित्र्याएका थिए ।
सो गाउँका ७२ घरधुरीको मुख्य पेसा नै काँक्राको बीउ उत्पादन हो । “हिउँदभरि गरेको दुःख क्षणभरमै सखाप बनाइदियो”, नारायणस्थान बीउ उत्पादन समूहका उपाध्यक्ष जमुना कुँवरले भनिन्, “मुख्य पेसा नै असिनाले खाइदिएपछि निकै समस्यामा परेका छौं ।”
उनले काँक्राको बीउमा परेको क्षतिबारे स्थानीय सरकार र कृषि ज्ञान केन्द्रलाई जानकारी गराएको भए पनि राहतका लागि कुनै पहल नभएको गुनासो गरिन् । ठूलो आम्दानी हुने भए पनि स्थानीयवासीले काँक्रा खेतीका बीमा भने गरेका छैनन् ।
समूहका अध्यक्ष पाठकले दुई वर्षअघि एक सय ६८ किलोग्राम काँक्राको बीउ उत्पादन गरेकामा यस वर्ष असिनाका कारण सबै सखाप पारिदिएको गुनासो गरे । त्यो बेला प्रतिकिलो बीउको मूल्य तीन हजार रहँदा उनलाई काँक्राको बीउबाट पाँच लाखभन्दा बढी कमाई भएको थियो ।
गत वर्ष थोरै क्षेत्रफलमा काँक्रा खेती गरेकाले ४० किलोभन्दा बीउ बनेन । बीउ र हरियो काँक्रा गरेर वार्षिक झन्डै चार लाख आम्दानी गरेका पाठकले यस वर्ष क्राँक्राबाट एक रुपैयाँको पनि आम्दानी गर्न नसकेको बताए ।
पाङराङमा व्यावसायिक रूपमा काँक्राको बीउ उत्पादन गर्ने साना ठूला समूह निर्माण गरिएका छन् । स्थानीय नारायणस्थान बीउ उत्पादक सहकारी संस्थाले विगतका वर्षमा वार्षिक ७० क्विन्टलसम्म बीउ उत्पादन गर्दै आएको थियो । समूहमा आबद्ध ७२ कृषकलाई असिनाको क्षतिले चिन्तित बनाएको छ ।
कृषि ज्ञान केन्द्र कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाका अनुसार गत वर्ष पर्वतमा एक करोड २३ लाखको काँक्राको बीउ तयार भएकामा यस वर्ष पूरै असिनाले नष्ट गरिदिएको बताइन् । क्षतिपूर्तिका लागि पहल भइरहेको उनको भनाइ छ ।
यहाँका कृषकले काँक्राको बीउ उत्पादनबाट घटीमा एक लाखदेखि बढीमा २० लाखसम्म एउटा घरमा भित्र्याउने गरेका छन् । माघमा काँक्रो रोपेदेखि जेठमा बीउ निकाल्ने पाँच महिनामा एउटै परिवारको मुख्य आम्दानी हुँदै आएको छ ।
कृषकले काठमाडौँको कालीमाटीमा रहेका निमाकोल र हार्क जस्ता सहकारी संस्थामा बीउ बिक्री गर्दै आएका छन् । एक किलो बीउको तीन हजारका दरमा कृषकले सहकारीलाई बीउ बिक्री गर्छन् ।
काँक्राको बीउ उत्पादनमा मुलुककै अग्रणी गाउँ मानिने कर्नासमा उत्पादित बीउको गुणस्तर कायम राख्न सकेका कारण बजारको अभाव नरहेको स्थानीय कृषक मानबहादुर भुसालको दाबी छ । नेपालमा सात टन भक्तपुर लोकल जातको काँक्राको बीउको माग छ । मुलुकभरको मागमध्ये एउटै गाउँले पाँच टन उत्पादन गर्छ ।
सम्बन्धित समाचार
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
शिक्षा ऐनमा निजी विद्यालयका मुद्दा समेट्न नेसनल प्याब्सनको ११ बुँदे सुझाव
एम्पियर नेपालको चाडपर्व अफर, ग्राहकलाई १ लाख जित्ने अवसर
अल्ट्राभायोलेटको दशैं अफर, बाइक किन्दा हेल्मेटदेखि डायमन्ड कोटिङसम्म उपहार
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
