• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, पुष ०६, २०८२
आइतबार, पुष ०६, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न

२०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

आज : नेप्से बढ्यो कि घट्यो ?

नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित

बागमती नदीमा फोहोर संकलनका लागि ट्रास बेरियर जडान

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

८४ दिनका लागि २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ शुक्रबारबाट सुरु

नोबेल मेडिकल कलेज भवनबाट खसेका इन्टर्न डाक्टरको निधन

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

  • ५. Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

  • ६. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्य पनि बढ्यो : कतिमा हुँदैछ कारोबार ?

  • ८. दिपल एस०५ ले पायो युरो एनक्यापमा ५ स्टार रेटिङ

  • ९. सुनको मूल्य घट्दा चाँदी भने बढ्यो, कतिमा हुँदैछ कारोबार?

  • १०. नाइमाको वार्षिक साधारण सभा सम्पन्न, आगामी मोबिलिटी एक्सपो श्रावण २६ देखि ३१ सम्म हुने

असिनाले पर्वतमा दुई करोडको काँक्राको बीउ नष्ट

काठमाडौं । पर्वतको फलेबास नगरपालिका–११ मा पर्ने सानो गाउँ पाङराङको कर्नासमा हरेक वर्ष दुई करोड बराबरको काँक्राको बीउ उत्पादन हुँदै आएको थियो । यस वर्ष भने फल लाग्ने बेलामा आएको असिना पानीले पूरै नष्ट गरिदिएको छ ।
असिना पानीले फल लागेका काँक्रा पूर्ण रुपमा नष्ट भएको स्थानीय नारायणस्थान बीउ उत्पादन समूहका अध्यक्ष माया पाठकले जानकारी दिए । उक्त गाउँमा गत वर्ष पनि असिनाकै कारण बीउ उत्पादन घटेको थियो ।
बीउ उत्पादनबाट बर्सेनि दुईदेखि दुई करोड १० लाखसम्म भित्र्याउँदै आएको सो गाउँमा यस वर्ष भने कत्ति पनि उत्पादन नभएको पाठकले जानकारी दिए। यहाँका कृषकले दुई वर्षअघि सात टन बीउ उत्पादन गरेका थिए । त्यसबाट दुई करोड १० लाख आम्दानी गरेका थिए भने अघिल्लो वर्ष एक करोड २३ लाख भित्र्याएका थिए ।
सो गाउँका ७२ घरधुरीको मुख्य पेसा नै काँक्राको बीउ उत्पादन हो । “हिउँदभरि गरेको दुःख क्षणभरमै सखाप बनाइदियो”, नारायणस्थान बीउ उत्पादन समूहका उपाध्यक्ष जमुना कुँवरले भनिन्, “मुख्य पेसा नै असिनाले खाइदिएपछि निकै समस्यामा परेका छौं ।”
उनले काँक्राको बीउमा परेको क्षतिबारे स्थानीय सरकार र कृषि ज्ञान केन्द्रलाई जानकारी गराएको भए पनि राहतका लागि कुनै पहल नभएको गुनासो गरिन् । ठूलो आम्दानी हुने भए पनि स्थानीयवासीले काँक्रा खेतीका बीमा भने गरेका छैनन् ।
समूहका अध्यक्ष पाठकले दुई वर्षअघि एक सय ६८ किलोग्राम काँक्राको बीउ उत्पादन गरेकामा यस वर्ष असिनाका कारण सबै सखाप पारिदिएको गुनासो गरे । त्यो बेला प्रतिकिलो बीउको मूल्य तीन हजार रहँदा उनलाई काँक्राको बीउबाट पाँच लाखभन्दा बढी कमाई भएको थियो ।
गत वर्ष थोरै क्षेत्रफलमा काँक्रा खेती गरेकाले ४० किलोभन्दा बीउ बनेन । बीउ र हरियो काँक्रा गरेर वार्षिक झन्डै चार लाख आम्दानी गरेका पाठकले यस वर्ष क्राँक्राबाट एक रुपैयाँको पनि आम्दानी गर्न नसकेको बताए ।
पाङराङमा व्यावसायिक रूपमा काँक्राको बीउ उत्पादन गर्ने साना ठूला समूह निर्माण गरिएका छन् । स्थानीय नारायणस्थान बीउ उत्पादक सहकारी संस्थाले विगतका वर्षमा वार्षिक ७० क्विन्टलसम्म बीउ उत्पादन गर्दै आएको थियो । समूहमा आबद्ध ७२ कृषकलाई असिनाको क्षतिले चिन्तित बनाएको छ ।
कृषि ज्ञान केन्द्र कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाका अनुसार गत वर्ष पर्वतमा एक करोड २३ लाखको काँक्राको बीउ तयार भएकामा यस वर्ष पूरै असिनाले नष्ट गरिदिएको बताइन् । क्षतिपूर्तिका लागि पहल भइरहेको उनको भनाइ छ ।
यहाँका कृषकले काँक्राको बीउ उत्पादनबाट घटीमा एक लाखदेखि बढीमा २० लाखसम्म एउटा घरमा भित्र्याउने गरेका छन् । माघमा काँक्रो रोपेदेखि जेठमा बीउ निकाल्ने पाँच महिनामा एउटै परिवारको मुख्य आम्दानी हुँदै आएको छ ।
कृषकले काठमाडौँको कालीमाटीमा रहेका निमाकोल र हार्क जस्ता सहकारी संस्थामा बीउ बिक्री गर्दै आएका छन् । एक किलो बीउको तीन हजारका दरमा कृषकले सहकारीलाई बीउ बिक्री गर्छन् ।
काँक्राको बीउ उत्पादनमा मुलुककै अग्रणी गाउँ मानिने कर्नासमा उत्पादित बीउको गुणस्तर कायम राख्न सकेका कारण बजारको अभाव नरहेको स्थानीय कृषक मानबहादुर भुसालको दाबी छ । नेपालमा सात टन भक्तपुर लोकल जातको काँक्राको बीउको माग छ । मुलुकभरको मागमध्ये एउटै गाउँले पाँच टन उत्पादन गर्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न
    आज : नेप्से बढ्यो कि घट्यो ?
    नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

    Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

    ताजा

    ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    आज : नेप्से बढ्यो कि घट्यो ?

    नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सफलतापूर्वक सम्पन्न
    • २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • आज : नेप्से बढ्यो कि घट्यो ?
    • नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित
    • बागमती नदीमा फोहोर संकलनका लागि ट्रास बेरियर जडान

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.