• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१४ असार २०८३, आइतबार
१४ असार २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सुनको मूल्य प्रतितोला एक हजार चार सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?
  • १२ घण्टा 

अमेरिकालाई पछि पार्दै चीनले बनाएको सुपरकम्प्युटर बन्यो नम्बर वान
  • १३ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १४ घण्टा 

आज असार १५ : दही-चिउरा खाने पर्व तथा राष्ट्रिय धान दिवस
  • १५ घण्टा 

कस्तो छ आजको मौसम पूर्वानुमान ?
  • १५ घण्टा 

२०८३ असार १५ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १५ घण्टा 

टिभिएस मोटर कम्पनीले सार्वजनिक गर्यो नेपालकै सबैभन्दा शक्तिशाली टिभिएस अपाचे आरटिआर १६० ४ भी
  • १ दिन 

एलजीले ‘इसेनसियल सिरिज’ हरेक घरको खुशी,घर-घरमा एलजी अभियान देशका प्रमुख शहरहरूमा विस्तार गर्दै
  • १ दिन 

सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक
  • १ दिन 

लोकप्रिय समाचार

  • १. ११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८ सय ४५ विद्युतीय सवारी आयात

  • २. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ३. किन पिउने मनतातो कागती पानी ? जान्नुहोस् स्वास्थ्यका विभिन्न फाइदाहरु

  • ४. काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु

  • ५. शरिरमा प्रोटिन नहुदाँ देखिने छन् यस्ता लक्षण, बेलैमा रहनुहोस सतर्क

  • ६. नेपाल पर्यटन बोर्ड र टिकटकबीच पर्यटन समुदायका लागि कन्टेन्ट क्रिएशन कार्यशालामा सहकार्य

  • ७. याडियाको इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’ नेपाली बजारमा सार्वजनिक, कति पर्छ मूल्य ?

  • ८. १६ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

  • ९. आज असार १५ : दही-चिउरा खाने पर्व तथा राष्ट्रिय धान दिवस

  • १०. सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने

मगर संस्कृतिसँग जोडेर धौलागिरि क्षेत्रमा पर्यटन प्रवर्द्धन

जानकारी केन्द्र २०८०, जेष्ठ, १७

गलेश्वर । धौलागिरि क्षेत्रका म्याग्दी, बागलुङ र पर्वतमा बसोबास गर्ने मगर समुदायको संस्कृतिसँग जोडेर सरकारले मगर संस्कृति पर्यापर्यटन कार्यक्रममार्फत यस क्षेत्रको पर्यटन प्रवर्द्धन र विकासका योजना सञ्चालन गर्ने भएको छ ।

सङ्घीय सरकारले म्याग्दी, बागलुङ र पर्वतमा पर्यापर्यटन कार्यक्रम सञ्चालन गर्ने भएको हो । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार सङ्घीय संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमार्फत म्याग्दी, बागलुङ र पर्वतलाई समेटेर पर्यापर्यटन तथा मगर संस्कृति पर्यटन क्षेत्रका रुपमा विकास गर्न प्रोत्साहन गरिने जानकारी गराएका हुन्।

म्याग्दीको अन्नपूर्ण र पर्वतको जलजला गाउँपालिकालाई समेटेर अन्नपूर्ण–धौलागिरि पर्यावरणीय पदमार्ग सञ्चालन हुँदै आएको छ । सरकारको घोषणापछि अधिकांश मगर समुदायको बसोबास रहेको यो पदमार्गमा बागलुङलाई पनि समेट्ने र मगर संस्कृतिसँग पर्यटनलाई जोड्ने अपेक्षा गरिएको छ ।

म्याग्दीको अन्नपूर्ण र मालिका गाउँपालिकाका प्रायः सबै गाउँ मगर बाहुल्य हुन् । यहाँ पुग्ने पर्यटकले मगर जातिको मौलिक संस्कृति, परम्परा, जीवनशैली, रहनसहन, वेशभूषा, भाषाको समेत अध्यन गर्न पाउँछन् ।

अन्नपूर्ण, मालिका र धौलागिरि गाउँपालिकाका क्षेत्रमा लोभलाग्दा प्राकृतिक सम्पदा पर्यटकका लागि अर्को आकर्षण बन्नेछन् । धवलागिरि, अन्नपूर्ण, गुर्जा, नीलगिरि, पुठा लगायतका हिमाल म्याग्दीमा पर्छन् । गाउँमा घरबास शैलीका होटेल खुल्न थालेका छन् । यहाँका गाउँमा पुग्ने पर्यटकले स्थानीय कोदो, जौ, मकै, आलु आदिका परिकार खान पाउँछन् ।

गाउँ वरपरका जडीबुटी, हिमशृङ्खला, झरना, नदी, ताल र जैविक विविधताले पर्यटकलाई लोभ्याउने मालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताए । म्याग्दीमा बोलिने मगर ढुट र खाम मगर भाषा अरूभन्दा मौलिक रहेकाले भाषा विज्ञानका विद्यार्थीका लागि थप अध्ययन गर्न सकिने केवी एकेडेमी दरवाङका शिक्षक हिराबहादुर सिउथानी मगरको भनाइ छ ।

जैविक विविधताका दृष्टिले म्याग्दीको मालिका, धवलागिरि र अन्नपूर्ण, बागलुङको ढोरपाटन र पर्वतको जलजला क्षेत्र निकै धनी ठाउँ हो । यहाँ वन लसुन, कटुकी, चुल्थे, रातो च्याउ, निर्मसी, विख्माजस्ता जडीबुटी आयआर्जनका स्रोत बनेका छन् । भेडा र घोडाका लागि यहाँका पाटनमा हुने बाक्लो तथा मसिनो बुकी घाँसले पर्यटकका लागि थप आकर्षण गराउँछ ।

यहाँको अर्को आकर्षण भनेको माओवादी द्वन्द्वकालमा प्रयोग भएको गुरिल्ला ट्रेलका बारेमा पनि पर्यटकले अध्ययन गर्न पाउनु हो । यहाँका जङ्गल र खर्कमा माओवादी द्वन्द्वकालमा छापामार बस्ने गरेका आश्रयस्थल पनि पर्यटकले देख्न सक्छन् ।

म्याग्दीको सदरमुकाम बेनी, अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क र डोल्पाको सदरमुकाम दुनै आक्रमणका घाइते छापामारलाई राखिएका गोठ, ओडार र जङ्गल अध्ययन गर्ने पर्यटकका लागि थप महत्वको विषय हुन सक्ने बताइन्छ । सदरमुकाम कब्जापश्चात् अपहरणमा परेका सरकारी अधिकारी, सेना र प्रहरीलाई सुरक्षित साथ बसाइएका घर अहिले पनि देख्न सकिन्छ ।

यस क्षेत्रलाई आदिम सांस्कृतिक थलोका रुपमा चिनिने स्थानीय बूढापाका बताउँछन् । यहाँको मुख्य भाषा मगर खाम हो । मगर खाम समुदायको जीवनशैली हिमाली संस्कृतिसँग मिल्दोजुल्दो छ । यस क्षेत्रमा पर्यटक रमाउने भनेकै हिमालको दृश्यावलोकन, जैविक विविधताको र मगर खाम भाषाको अध्ययन, पाटन, वनस्पति, जङ्गल, नदीनाला, तालतलैया तथा वन्यजन्तु हुन् ।

मगर खाम गाउँका बासिन्दा सामूहिकतामा विश्वास गर्छन् । सामाजिक एकताबिना उनीहरु आफ्नो अस्तित्व स्वीकार्न नगर्ने संस्कार छ । मगर खामको गाउँमा समान संरचनामा घर निर्माण भएका हुन्छन् । गाउँमा खेतीपातीमा अर्मपर्मको सिद्धान्त र विकास निर्माणमा परम्परागत झाराप्रथा प्रचलित छ । यो नै मगर समुदायको सामाजिक विशेषता हो ।

धवलागिरि क्षेत्रका मगर समुदायले लामो भाका र स्वर निकालेर गाइने गीतको भावमा डुबेर भाङ्ग्रा, कछाड, टोपीको पहिरनमा मादल भिरेर नाचेको पुख्र्यौली नाचको दृश्य निकै रोचक हुन्छ । अझ मादलेसँगै जोडी भएर महिलाको भेषमा नाच्ने पुरुषले पुख्र्यौली नाचमा रौनकता थपिन्छ । पुख्र्यौली नाचमा सोरठी भाकामा गीत गाउनेको एक समूह हुन्छ भने मादल भिरेर नाच्नेलाई मादले र महिलाको भेषमा नाच्नेलाई मारुनी भनिन्छ । यस्तै, रोचक पक्ष र विशेषता भएकाले पर्यटक यो नाच देख्दा मक्ख पर्ने गरेका पुख्र्यौली संरक्षण समिति काफलडाँडाका सचिव नरबहादुर पुर्जाले बताए ।

पुख्र्यौली नाचका लागि १२ पुरुष र सोरठी गाउन पनि त्यत्तिकै सङ्ख्यामा महिलाको आवश्यकता पर्छ । त्यसका साथै थाली नाच, मारुनी नाच, ख्याली नाच, भूमे नाचले पनि पर्यटकलाई आकर्षित गर्ने गरेको छ । ‘रैथानेमा गर्व गरौँ’ भन्ने नाराका साथ परम्परागत र प्राकृतिक तथा पोषणयुक्त रैथाने खाद्यान्न बालीको बीउ संरक्षण गरी खेती विस्तारको नीति लिएको सरकारले पर्यापर्यटनलाई मगर संस्कृतिसँग जोडेर कार्यक्रम ल्याउने भएकामा यस क्षेत्रका मगर समुदाय खुसी भएका छन् । रासस

 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सुनको मूल्य प्रतितोला एक हजार चार सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?
अमेरिकालाई पछि पार्दै चीनले बनाएको सुपरकम्प्युटर बन्यो नम्बर वान
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

ताजा

सुनको मूल्य प्रतितोला एक हजार चार सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

अमेरिकालाई पछि पार्दै चीनले बनाएको सुपरकम्प्युटर बन्यो नम्बर वान

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

आज असार १५ : दही-चिउरा खाने पर्व तथा राष्ट्रिय धान दिवस

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.