बेगनास बराह क्षेत्रमा मन्दिर निर्माण सुरु
लेखनाथ । कास्कीको लेखनाथस्थित बेगनास ताल पारी रहेको प्राचीन बराह क्षेत्रमा गण्डकी प्रदेश सरकारको सहयोगमा मन्दिर निर्माण सुरु गरिएको छ । गण्डकी प्रदेश सरकारको पर्यटन तथा उद्योग कार्यालयले बेगनासताल बराह क्षेत्र पर्यटकीय पूर्वाधार निर्माण योजनाअन्तर्गत बेगनासताल बराह एवम् लक्ष्मी नारायण मन्दिर निर्माण सुरु गरिएको हो ।
योजनाका लागि रू ५५ लाख ७६ हजार नौ सय १७ लागत लाग्ने प्रदेशअन्तर्गत रहेको पर्यटन तथा उद्योग कार्यालयले जनाएको छ । मन्दिर निर्माणका लागि प्रदेश सरकारले रू ५० लाख विनियोजन गरेको छ भने बाँकी रकम जनश्रमदानबाट जुटाइने पर्यटकीय पूर्वाधार निर्माण समितिका अध्यक्ष ध्रुवनाथ अधिकारीले जानकारी दिए ।
उनका अनुसार बेगनासताल बराह क्षेत्रलाई धार्मिक पर्यटनको गन्तव्य बनाउनका लागि व्यवस्थित मन्दिर निर्माण गर्न लागिएको हो । “बराह क्षेत्रमा प्राचीनकालदेखि पूजाआजा हुँदै आएको र यहाँ कलात्मक कुँदिएका शिला रहेकाले यस क्षेत्रको पुरातात्विकरुपमा पनि उत्तिकै महत्व छ”, अध्यक्ष अधिकारीले भने ।
बराह क्षेत्रको पुरातात्विक खोज तथा अनुसन्धानका लागि यसअघि पुरातत्व विभागका प्राविधिकले यस क्षेत्रको सम्भाव्यतासम्बन्धी अध्ययन गरेको थियो । बेगनासतालमा आउने पर्यटकलाई यहाँस्थित बराह क्षेत्रसम्म पुर्याउने लक्ष्यका साथ मन्दिरलगायत संरचना निर्माण गर्न लागिएको उनको भनाइ थियो ।
प्राचीनकालदेखि अत्यन्त आस्था विश्वासका साथ पूजाआजा गरिँदै आएको यस तीर्थस्थलमा डुङ्गा व्यवसायी समितिले प्रत्येक वर्षको पहिलो पूर्णिमाका दिन पारेर ताल क्षेत्रमा डुङ्गा दुर्घटना नहोस्, आगन्तुक पर्यटक, दर्शनार्थी तथा स्थानीय सबैलाई राम्रो होस् भन्ने कामनासहित पूजाआजा गर्दै आएका छन् ।
मनले चिताएको पुग्ने जनविश्वासका साथ यस क्षेत्रमा विभिन्न महत्वपूर्ण तिथि एवम् पर्वमा दर्शनार्थी आउने गरेका जानकारी दिँदै अध्यक्ष अधिकारीले तीर्थस्थल र आसपासको क्षेत्रको विकासका लागि विसं २०७५ मङ्सिर २२ देखि २९ गतेसम्म महायज्ञ समेत गरिएको जानकारी दिए ।
मन्दिर निर्माणका सन्दर्भमा आज यहाँ आयोजित एक कार्यक्रमकाबीच गण्डकी प्रदेशका पर्यटन तथा उद्योगमन्त्री दीपेन्द्रबहादुर थापाले बेगनासातालको गरिमा र महत्वलाई अझै बढाउन मन्दिर निर्माण गर्न लागिएको बताए । बेगनासतालसहित यस क्षेत्रको पर्यटकीय विकासका लागि मन्त्रालयका तर्फबाट सक्दो सहयोग गर्ने उनले बताए ।
पोखरा महानगरपालिका–३१ का वडाध्यक्ष ढकनाथ कँडेलले बेगनास तालको प्राकृतिक सम्पदाको संरक्षणका साथै यहाँका धार्मिक पर्यटकीय क्षेत्रको संरक्षणमा वडाले सहयोग गर्ने विश्वास व्यक्त गरे । लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष छत्रधर आत्रेयले लेखनाथ क्षेत्रका धार्मिक एवम् पर्यटकीय गन्तव्यको संरक्षण एवम् प्रवर्द्धनमा सबैको सहयोग जरुरी भएको बताए ।
कार्यक्रममा इलाका प्रशासन कार्यालय सिसुवाका प्रमुख कमल भण्डारी, अर्थ मन्त्रालयका उपसचिव वसन्तराज तिवारी, उद्योग तथा पर्यटन कार्यलय कास्कीका प्रमुख शेषकान्त पौडेललगायतले बेगनास बराहलाई धार्मिक पर्यटनको आकर्षक गन्तव्यका रुपमा विकास गर्नुपर्नेमा जोड दिएको थियो ।
सम्बन्धित समाचार
२०८३ साउन ३० गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २९ गते शुक्रवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो
ट्रेन्डिङ
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन


