घरमा कस्तो हुनुपर्छ भोलेनाथको मुर्ति ? भूलले पनि नराख्नुहोस् यस्तो तस्बिर
एजेन्सी । साताको सात दिनमध्ये सोमबार भोलेनाथको पूजा गर्ने गरिन्छ । देशैभर हिन्दु धर्ममा आस्था राख्ने महादेवका भक्तहरुको लामो लाइन लागेको छ । हरेक मानिस भगवानको पूजा गरेर आशीर्वाद प्राप्त गर्न चाहन्छन् ।
यसका लागि धेरै मानिसहरूले आफ्नो घरमा भगवान शंकरको धेरै प्रकारका चित्र र मूर्तिहरू ल्याउँछन् र विधि विधान अनुसार पूजा गरेर प्रसन्न हुन्छन् । तर, घरमा कस्तो किसिमको मुर्ति राख्नुपर्छ र कस्तो किसिमको मुर्ति राख्नु हुँदैन भन्ने विषयमा थप जानकारी दिन गइरहेका छौं ।
धार्मिक मान्यता अनुसार घरमा ध्यानको मुद्रामा महादेवको मूर्ति राख्नु शुभ मानिन्छ । यो मूर्तिलाई बालबालिकाको अध्ययन कक्षमा पनि राख्न सक्नुहुन्छ । यसले बालबालिकामा एकाग्रता बढ्नेछ र पढाइमा ध्यान दिन सक्षम हुनेछ ।
शिव परिवारको तस्वीर
घरमा शिव परिवारको उपस्थिति परिवारका सदस्यहरूको लागि धेरै लाभदायक मानिन्छ । शिव परिवारलाई पूजा घरमा राख्नाले परिवारका सदस्यहरूबीच आपसी प्रेम बढ्छ र महाकाल पनि प्रसन्न हुन्छन् । त्यसैले आफ्नो पूजा घरमा शिव परिवारको मूर्ति राख्नुपर्छ ।
शिवको अर्धनारीश्वर मूर्ति
धार्मिक मान्यता अनुसार जुन घरमा महादेवको अर्धनारीश्वर अवतारको मूर्ति राखिन्छ, पति–पत्नीको जीवनमा कठिनाइ हुँदैन । आपसी प्रेम कायम रहन्छ र दाम्पत्य जीवन सुखमय बित्छ ।
यस्तो तस्बिर गल्तीले पनि नराख्नुहोस्
धार्मिक मान्यता अनुसार घरमा क्रोधित वा ताण्डवको मूर्ति वा महादेवको तस्विर राख्नु हुँदैन । यसले घरमा तनावको वातावरण सिर्जना गर्न सक्छ । घरमा अशान्ति हुने भएकाले भगवान शिवको नटराज अवतारको मूर्तिलाई घरमा राख्न नहुने जनविश्वास रहेको छ ।
भोलेनाथले समय समयमा आवश्यकता अनुसार धेरै अवतार लिएका छन्, जसमध्ये एक महादेवको उग्र रूप भैरव हो । धार्मिक मान्यता अनुसार घरमा उग्र रुपको शिवको मूर्ति स्थापना गरे घरको वातावरण तनाब र अशान्तिले भरिपूर्ण हुने गर्दछ ।
सम्बन्धित समाचार
२०८३ साउन ३० गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २९ गते शुक्रवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो
ट्रेन्डिङ
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन


