माता लक्ष्मीको कृपाले हुनेछैन धनधान्यको कमी, भुलेर पनि नगर्नुहोस् यी गल्ती
एजेन्सी । जसलाई माता लक्ष्मीको कृपा प्राप्त हुन्छ उसको घरमा धनधान्यको कमी हुँदैन भन्ने मान्यता रहेको छ । घरमा लक्ष्मीको वास होस् भनेर केही कुरामा ध्यान दिनु पनि आवश्यक छ । गलत व्यवहार गर्ने मानिसको घरमा माता लक्ष्मीले बास गर्नुहुन्न । माता लक्ष्मीलाई प्रसन्न पार्न नियमित रूपमा तुलसीमा दीप प्रज्वलन गर्नुहोस् ।
हिन्दू धर्ममा माता लक्ष्मीलाई धनकी देवी मानिन्छ । माता लक्ष्मीलाई धेरै चंचल मानिन्छ । यही कारणले गर्दा घरमा केही गडबड भएमा लक्ष्मी माताले तुरुन्तै आफ्नो स्थान परिवर्तन गर्छिन् । आउनुहोस् जान्नुहोस् कुन कुराले देवी लक्ष्मीलाई क्रोधित बनाउँछ ।
माता लक्ष्मी कहाँ रहनुहुन्न ?
पितृलाई तर्पण नदिनेको घरमा माता लक्ष्मीलाई बस्न मन नपर्ने शास्त्रमा उल्लेख छ । साथै, जसले धर्म पालन गर्दैन वा पंडित र धार्मिक ग्रन्थको अपमान गर्छ, उनीहरूको घरमा पनि लक्ष्मीको वास हुँदैन ।
जसमा माता लक्ष्मी बस्दिनन्
जो परोपकार गर्दैनन् वा दुष्ट छन् । ती मानिसहरूको घरमा पनि पैसाको समस्या हुन्छ । यसका साथै जहाँ मुर्खको इज्जत हुन्छ, नारीको सम्मान हुँदैन, त्यहाँ धनकी देवी माता लक्ष्मीको पनि वास हुँदैन ।
यस्तो गल्ती नगर्नुहोस्
जुन घरमा सरसफाईको ख्याल नगर्ने वा उठ्ने र बस्ने सही नियमहरूको पालना हुँदैन, त्यहाँ माता लक्ष्मीलाई रिस उठ्छ । माता लक्ष्मीलाई कुनै व्यक्ति अल्छी भएको वा पैसाको गलत प्रयोग गरेको मन पर्दैन ।
के गर्ने उपाय ?
यदि तपाईको घरमा लक्ष्मीको वास होस् भन्ने चाहनुहुन्छ भने यसका लागि तुलसीमा नियमित दियो बाल्नुहोस् । घरमा सुख शान्ति कायम राख्न यो मन्त्रको जप गर्नुहोस्- ‘ओम श्री ह्रीं क्लीम श्री सिद्ध लक्ष्म्यै नमः’।
सम्बन्धित समाचार
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य

