Jankari Kendra
२० आश्विन २०८३, मंगलवार
Worldlink

गुगल म्याप :  कसरी पत्ता लगाउछ गुगलले खाली सडक वा ब्यस्त ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, असार, १४
गुगल म्याप :  कसरी पत्ता लगाउछ गुगलले खाली सडक वा ब्यस्त ?

काठमाडौं । विज्ञानले मानिसको जीवनलाई सहज बनाएको छ। ठूला समस्याहरू जुन पहिले सामना गर्न धेरै गाह्रो हुन्थ्यो, अब इन्टरनेटको माध्यमले धेरै सजिलो बनाएको छ। यसले जनताको जीवनस्तर सहज बनाएको छ।

गुगल म्याप एउटा यस्तो सुविधाजनक माध्यम हो। गुगल म्यापले कतै जान कति समय लाग्छ ? कुन बाटो जाम छ र कुन बाटो जानु राम्रो हुन्छ भन्ने कुरामा सहयोग गर्छ।

गुगल म्याप के हो ?
गुगल म्याप इन्टरनेटमा आधारित सेवा हो जसको माध्यमबाट कुनै ठाउँको सही मार्ग, त्यो ठाउँ कहाँ छ र त्यहाँ पुग्न कति समय लाग्छ भन्ने जानकारी उपलब्ध हुन्छ।

ट्राफिक जामको बारेमा जानकारी कसरी सङ्कलन गर्छ ?
आजकल प्राय जसो व्यक्तिहरूसँग मोबाइल छ। यस्तो अवस्थामा गुगलले सम्बन्धित स्थानको बारेमा जाँच गर्छ कि त्यहाँ कतिवटा मोबाइल छन्। यसले त्यो बाटोमा उनीहरूको प्रगतिको गति पनि पत्ता लगाउँछ। भिडभाड भएको ठाउँमा मोबाइलको संख्याका आधारमा मोबाइल चलाउने गतिले गाडीको गति देखाउँछ। त्यसैको आधारमा डाटा विश्लेषण गर्दा गुगलले कहाँ जाम छ र कहाँ बाटो स्पष्ट छ बताउँछ।

आगमनको समय कसरी बताउछ
गुगलले सम्बन्धित स्थानको रुट र त्यहाँ जाने मानिसको आगमन समय अहिलेको र पुरानो तथ्यांकका आधारमा उक्त स्थान पुग्ने सम्भावित समय अनुमान गर्छ। योसँगै उसले त्यहाँ जाम र जामको अवस्थाको पनि विश्लेषण गर्ने गर्छ। सबै डाटा विश्लेषण पछि तरिका बताउँछ।

 

Top Changing Nepal

युट्युब सट्स