असार १६ गते सनिबार यस्तो रहेको छ तपाईको राशिफल
मेष–
भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ । इात्राको पनि योग छ । रोकिएका काम बन्नेछन् भने दिगो आम्दानी हुने काम सुरु गर्न सकिनेछ । यात्राको योग छ । श्रमको उचित मूल्य प्राप्त गर्न सकिनेछ । लगनशीलताले काममा उत्साह जगाउनेछ।
वृष–
दाम्पत्य जीवन रमाइलो रहनेछ । आम्दानी प्रशस्तै बढ्नेछ । विभिन्न भौतिक साधन जुट्नेछन् । कृषि तथा पशुपालनमा पनि बढ्नेछ । विभिन्न अवसरले पछ्याउनेछन् । सहयोगीहरूको साथ पाइनाले अप्ठ्यारा कामहरु पनि सजिलै पुरा हुनेछन।
मिथुन–
व्यावसायिक काममा खर्च बढ्नेछ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । बोलीको गलत अर्थ लाग्नाले विवादमा परिएला । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला । विवादमा परिनुका साथै सहयोगीहरू प्रतिस्पर्धीका रूपमा उभिन सक्छन् ।
कर्कट–
बाध्यतापूर्ण काममै समय बित्न सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । नजिकका साथीभाइ टाढिन सक्छन, आँटेका काम बिस्तारै भए पनि सम्पन्न हुनेछन् । आफन्तहरू टाढिनेछन् भने सहयोगीहरूले समेत साथ छाड्ने देखिन्छ ।
सिंह–
अतिथिको सम्मान गर्ने अवसर पाइएला । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । सहयोगीहरू जुट्नाले काममा उत्साह थपिनेछ । खर्च भए पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। मान सम्मान र प्रतिष्ठा कमाउने बेला छ । राजनीति र नोकरीमा पनि प्रसिद्धि बढने समय छ ।
कन्या–
आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ । गुरुजनको विशेष सहयोग जुट्नेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । दिगो फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । साथै रोकिएका काम बन्नेछन् ।
तुला–
स्वास्थ्य कमजोर रहनाले सोचेजति काम गर्न नसकिएला । तर, जिम्मेवारी भने बढिरहनेछ । हतारको निर्णयले पनि धोका हुनेछ । स्वास्थ्यमा होस पुर्याउनुहोला । मौसमी रुघाखोकी, टाउको तथा आँखासम्बन्धी समस्याले सताउन सक्छ। सावधान रहनु होला ।
वृश्चिक–
बौद्धिक कार्यबाट धनलाभ हुनेछ । प्रयत्न गरेका काम ढिलै भए पनि पुरा हुनेछन । रोकिएका काम बन्नुका साथै व्यवसायबाट राम्रो फाइदा हुनेछ । आँटेका काम पुरा हुनेछन । टाढाका शुभचिन्तकहरूले साथ दिनेछन् । कामको सन्दर्भमा उच्च व्यक्तिहरूसँग भेटघाट हुनेछ ।
धनु–
प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । सहयोगीहरूले साथ र हौसला दिनेछन । प्रतिस्पर्धीहरूलाई उछिन्न सकिनेछ । समय लाभदायक देखिन्छ । व्यावसायिक काममा प्रशस्त फाइदा हुनेछ ।
मकर–
कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नुका साथै समस्या थपिन सक्छन् । व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । व्यावसायिक यात्रा सम्भावना छ । व्यवसायबाट सोचेको लाभ मिल्नेछ । अरूको मन जितेर अवसर हात पार्न सकिनेछ ।
कुम्भ–
सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ । स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ । भेटघाटमा अलमलिनाले कामलाई बाधा पुग्नेछ। घरायसी समस्याले पनि सताउने छ । आकस्मिक खर्च बढ्नेछ । अर्थ अभावले बन्न लागेको काम स्थगित हुने देखिन्छ ।
मीन–
विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन् । आँटेका काम मुस्किलले बन्नेछन् । खर्च बढाउनुका साथै पैसाको अभावले काम रोकिन सक्छ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन, भोतिक साधनको क्षति हुने समय छ ।
सम्बन्धित समाचार
२०८३ असोज १८ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर

