काठमाडौं । बिहीबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य बुधबारको भन्दा तोलामा एक सय बढेको हो ।
बिहीबार छापावाल सुनको मूल्य एक लाख १० हजार ७ सय, तेजाबी सुनको मूल्य एक लाख १० हजार १५० रुपैयाँ प्रतितोला कायम भएको छ ।
बुधबार छापावाल सुन एक लाख १० हजार ६ सय रुपैयाँ, तेजाबी सुन एक लाख १० हजार ५० रुपैयाँ र चाँदी १३ सय ८० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो





