सरकारले भ्रष्टचारका काण्डलाई गिजोलेर छोडेको भन्दै रवि लामिछानेको आक्रोश
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले भ्रष्टचारका घटनालाई गिजोलेर निष्कर्षमा पुर्र्याउन नसकेको भन्दै आपत्ति जनाएका छन् ।
बुधबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरण,ललिता निवास प्रकरण हुँदै अहिले सुन काण्डमा आइपुग्दा ठूला- ठूला काण्डहरुलाई गिजोलेर छोडेको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।
उनले भने ‘क्विन्टलका क्विन्टल सुन आउनु र उक्त विषयमा सामान्य मान्छे मात्रै समातिनुलाई नेपाली जनताले अच्चम मानेका छैनन् किनकी यो वर्षौ देखिको सेटिङमा चलेको देश हो । यो सेटिङका बारेमा नपाली जनताले थाहा पाइसकेका छन् अचम्म मान्नु पर्दैन । जव यस्ता घटना आउँछ तव कर्मचारीको सरुवा हुन्छ । सरुवा भनेको कारवाही होकी पुरस्कार दिएको हो ?भरियालाई सँगै लिएर गएर मालिक समक्ष पुगेर मालिकलाई नै समात्न सकिन्थ्यो होला त्यो किन गरिएन’ ? ।
उनले रास्वपाले आज संसद्मा दर्ता गरेको सार्वजनिक महत्वको प्रस्तावलाई छिट्टै संसद्मा पेस गर्न मागसमेत गरे ।‘हामीले गम्भीर राष्ट्रिय महत्वको प्रस्ताव दर्ता गराउका छौं उक्त प्रस्ताव तत्काल सदनमा पेस गरेर गृहमन्त्रीले चित्तबुझ्दो जवाफदिनुपर्छ यदि चित्तबुझ्दो जवाफ नआए त्यसपछि रास्वपाले आगामी कदम चाल्नेछ’ । लामिछानेले भने ।
सम्बन्धित समाचार
सेयर बजारमा भारी पहिरो,कारोबार रकम सवा ७ अर्ब नाघ्यो
अब स्थानीय तहबाटै भूमिसम्बन्धी सेवा विस्तार गर्ने बालेनको घोषणा
सरकारको निःशुल्क एआई तालिम कार्यक्रम,दुई हजार युवाले घरबाटै सीप सिक्न पाउने
भोलिदेखि सरकारी कार्यालय समय बिहान ९ देखि दिउँसो ४ बजेसम्म
नवजात शिशुको हेरचाहमा सहयोग गर्न प्यारासुट एडभान्स्ड बेबी र एक एक पाइलाबीच पुनः सहकार्य
नेपाली क्रिकेट स्टार दीपेन्द्र सिंह ऐरी नेपालका लागि फ्रीमांसको ब्रान्ड एम्बेसडर नियुक्त
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ कार्तिक १५ गते आइतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
