साउन २० देखि २६ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
यो साता व्यस्तता बढ्नुका साथै सामान हराउन सक्छ । मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ । साताको अन्त्यमा दान पुण्यजस्ता कार्यमा सहभागी भइनेछ । प्रेमसम्बन्ध बढेर जानेछ । शेयर बजार या पुँजी बजारले पनि साथ दिनेछ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो साता पारिवारिक भेटघाटमा रमाइनेछ । पुनर्मिलनको विशेष योग रहेको छ । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । प्रेम प्रस्तावपनि आउन सक्छ । मध्य सातबाट आफूलाई कमजोर भएको अनुभूति हुनेछ । गरेका काममा ढिलासुस्ती हुनेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो साता रमणीय, सुखद् र धार्मिक यात्राको योग छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । नजिकको मित्रसँग भेटघाट पनि हुनेछ । साताको उत्तरार्धबाट आर्थिक कारोबारमा मन्दी आउनेछ । सामान हराउने योग पनि छ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
यो साता रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । सामाजिक, धार्मिक कार्यमा रुचि बढ्नेछ । प्रेम जीवन सबल र सफल हुनुका साथै आम्दानीका स्रोत बढ्नेछन् । वैदेशिक कार्य पनि अघि बढ्नेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
यो साता कार्य सम्पादनमा समस्या आउला । गरेको काम बिग्रने सम्भावना छ । सोमबारबाट सामाजिक कार्यमा रुचि जाग्नुका साथै सफल यात्राको योग पनि देखिन्छ । शुभ कार्यमा सहभागी भइएला । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
यो हप्ता रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । मनपर्ने व्यक्तिलाई सहयोग गर्न पनि पाइनेछ । मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ । व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । प्रेम सम्बन्ध पनि कसिलो हुनेछ ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
यो साता शुभ समाचार सुन्न पाइएला । परिवारका सदस्यहरूसित भेटघाट हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । सामाजिक र राजनीतिक कार्यमा सफलता मिल्नेछ । शेयर बजारको लगानीले साथ दिनेछ र नसोचेको ठाउँबाट धनागम हुन सक्छ ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
यो साता मनमा सहयोग भाव आउला । प्रेमीको सहयोग प्राप्त हुनेछ । रमणीय र सुखद् यात्राको योग छ । धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुन सक्छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
साताको आँटेको र ताकेको कार्य पुरा होला । नजिकका व्यक्तिबाट कार्यमा सहयोग मिल्नेछ । वैदेशिक कामहरू पूरा हुनेछन् । मनमा दुबिधा उत्पन्न हुनेछ । सुरुका दिनमा महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सोमबारबाट भने एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
यो हप्ता धर्म कर्म तथा समाजसेवामा मन लाग्नेछ । भोज भतेरमा सहभागिता हुने अवसर आउनेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । प्रेममा जीवनमा सफलता प्राप्त हुनेछ । साताको अन्त्यमा स्वास्थ्यको ख्याल गर्नु पर्नेछ । अनावश्यक ठाउँमा धन खर्च होला ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
यो मनमा उत्साह र उमङ्ग छाउनेछ । पुनर्मिलनको योग रहेको छ । शिक्षामा सफलता मिल्नेछ । रमणीय र सुखद् यात्राको योग छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मनोरञ्जनको क्षेत्रमा सफलता मिल्नेछ । लाभदायक यात्रा पनि हुनेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
यो साता अधुरो काम पूरा हुनसक्छ । व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । साताको मध्यमा सरकारी निकायको भय रहला । नियमित खर्च समेत बढ्ने योग छ ।
सम्बन्धित समाचार
२०८३ साउन ३० गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २९ गते शुक्रवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
साउनको अन्तिम सोमबार पशुपतिनाथमा भक्तजनको घुइँचो
ट्रेन्डिङ
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन


