नेपालमा पहिलो पटक भाद्र १५ देखि १७ सम्म भृकुटिमण्डपमा “नेपाल इ भि इन्टरनेशनल सो”
काठमान्डौँ । मीडिया स्पेस सोलुसन, फ्युचरेक्स ट्रेड फेर एण्ड इवेंट्स, एक्जिविसन एण्ड सर्विसेस इंडिया प्रा लि तथा ईलेक्ट्रिक भेइकल म्यानुफ्याकचर एण्ड इम्पोटर्स एस्सोसिएसन अफ नेपाल को संयुक्त आयोजनामा यही भाद्र १५, १६ र १७ गते काठमाडौँको भृकुटीमण्डपमा नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एंड होम अपलायनसेस तथा नेपाल ईभी अन्तराष्ट्रिय प्रदर्शनी सम्पन्न हुन गईरहेको छं ।
आयोजकका अनुसार आफ्नै मुलुकमा बढ्दो उत्पादित जल विद्युतको विभिन्न विद्युतिय माध्यमहरु बाट उपभोग बढा्रई देशलाई आर्थिक रुपमा सवलिकरण गर्दै लान एवं उर्जा तथा विद्युतिय व्यवसायिहरुको समग्र विकाश तथा व्यापार प्रवर्धनमा अत्यधिक टेवा पुर्याउने उद्धेश्यका साथ यस प्रर्दशनि गर्न लागिएको बताईएको छ ।
उक्त प्रदर्शनिमा स्वदेशि तथा विदेशि गरी १०० भन्दा बढि कम्पनिहरुको स्टल रहेने तथा विद्युतिय सवारीलाई प्रदर्शन तथा प्रोत्साहन गर्ने, सवद्युत तथा गुणस्तरीय विद्युतिय सामाग्रहिरुको व्यवसाय विकास एव यस क्षेत्रसँग आवद्ध आन्तरिक र अन्तराष्ट्र्रिय व्यपारको सहजिकरण एवं प्रवर्धनका लागि उक्त प्रदर्शनी आयोजना गरिएको आयोजकको भनाई रहेको छ ।
यस प्रदर्शनिमा विद्युतिय कार, विद्युतिय स्कुटर, मोटरसाईकल विद्युतिय साईकल तथा रिक्कसा चार्जिङ् स्टेसन,ब्याट्रि ट्रान्समिसन तथा डिष्ट्र्रिब्युसन सामाग्रि, उर्जा आपुर्ति तथा नियन्त्रण यन्त्र हाउस वायरिङ सामाग्रि,वायर,केबुल एवं कन्डक्टर, अत्याधुनिक प्रकारका स्वीचहरु,एलिडि लाईटिङ ईलेक्ट्रोनिक्स उपकरण ,घरेलु विद्युतीय उपकरणहरु, कार्यलय पूविधि तथा अन्य विद्युतिय सामाग्रिका कम्पनिहरुको उक्त प्रदर्शनिमा सहभागिता रहेनेछ ।
राष्ट्रिय तथा अन्तराष्ट्रिय ईलेक्ट्रिक, ईलेक्ट्रोनिक्स सञ्चार एवं सुचना प्रविधि तथा विद्युतीय एवं वैकल्पिक उर्जा उद्यमिहरुलाई एकै स्थानमा जमघट गराई व्यवसायिक पूवर्धन गर्नुका साथै यि उद्योगमा भएका नविनतम उपलब्धिहरु बारे सुचना आदान प्रदान गर्ने तथा उपभोक्ता वर्गमा उर्जाको व्यवस्थित खपतको महत्व बारे जानकारी अद्यावधिक गराउन सहयोग पुर्याउने लक्ष्य यस संस्करणको रहेको आयोजकले जनाएका छन् ।
यस प्रदर्शनिमा सहयोगि संस्थाको भुमिकामा वैकल्पिक उर्जा प्रर्वधन केन्द्र, नेपाल विद्युत प्राधिकरण तथा USAID Clean Air/ FHI 360 रहेका छन् भने ल्यान्यार्ड पार्टनरमा यासाडु तथा ई कमर्श पार्टनरमा दराज रहेको छ । तीन दिने उक्त प्रदर्शनिको २०८० भाद्र १५ गते बिहान ११;०० बजे ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्ति बहादुर बस्नेत बाट उद्घाटन् हुने कार्यक्रम रहेको बताईएको छ ।
सम्बन्धित समाचार
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल आउँदै
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य

