एमाले अध्यक्ष ओलीले नेम्वाङको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर अर्पण गरे श्रद्धाञ्जली
काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको हृयदघातका कारण निधन भएको छ ।
उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय च्यासलमा राखिएको छ । भोलि दिउँसोसम्म श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर पार्टी कार्यालयमै राखिने एमालेले जनाएको छ ।
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेम्वाङको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् । अन्तिम श्रद्धाञ्जलीका लागि पार्टीका नेता तथा कार्यकर्ता, नेपाल सरकारका मन्त्री, विशिष्ट पदाधिकारीहरु लगायतको बाक्लो उपस्थिति रहेको छ ।
नेम्वाङको सम्मानमा एमालेले तीन दिनसम्म सबै पार्टी कार्यालयको झण्डा आधा झुकाउने भएको छ । साथै, एमालेले तीन दिनसम्म पार्टी र पार्टी संवद्ध सबै संगठनहरुको औपचारिक कार्यक्रम पनि स्थगित गरेको छ ।
सम्बन्धित समाचार
फिनोभेटिभ ग्रुपको प्रथम साधारण सभा सम्पन्न, ३ वर्षमा पुँजी ३० करोड पुर्याउने लक्ष्य
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल आउँदै
रु.१० मै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा
रिडाराले ल्यायो ‘चाडपर्वको रोमाञ्चक यात्रा’ अभियान,रिडारा इकोन किन्दा नथिङ फोन ए ४ प्रो सित्तैमा
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

