असोज ६ देखि १२ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
यो सातामा बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुने योग छ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । बन्धु बान्धवबाट सहयोग पनि मिल्ला । साताको अन्त्यमा आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
साताको सुरुमा दैनिक कामकाजमा असर पर्नसक्छ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ काम बिगार्नेको सक्रियता रहनेछ । सोमबारबाट चिताएको कामले तीव्रता लिनेछ । समाजसेवामा मन लाग्नेछ । लामो समयदेखि रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
यो साता सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । आफन्तबाट सहयोग मिल्ने देखिन्छ । नजिकको मित्रसँग भेटघाट हुनेछ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । प्रेम सम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । साताको उत्तरार्धमा प्रतिद्वन्दी हरूले कार्यमा अवरोध ल्याउनेछन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
यो साता चिताएको कामले तीव्रता लिनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । शुभ समाचार सुन्न पाइएला । राजनैतिक र सामाजिक क्षेत्रबाट सफलता मिल्नेछ । नसोचेको ठाउँबाट धनागम हुन सक्छ । यो धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । शैक्षिक क्षेत्र पनि राम्रै रहनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
यो साता साथीभाइ र आफन्तबाट सहयोग प्राप्त हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । व्यवसाय बढाउने वा नवीन रोजगारीको योजना बन्नेछ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । बुधबारबाट दैनिकी कार्यमा भने समस्या र अवरोध आउनेछ । शैक्षिक क्षेत्र पनि कमजोर रहनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
यो सातामा नगद सापटी लिएका आफन्तहरूले वचन पूरा नगर्दा आर्थिक झन्झट आइलाग्न सक्छ । गरेको काममा उल्टो परिणाम आइनपर्ला । मध्य साताबाट लामो समयदेखि रोकिएको कामबाट राम्रो रहला । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
यो साता रोकिएका काम पुनः सुरु हुन सक्छन् । रमाइलो र छोटो यात्राको सम्भावना समेत छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । दैनिक कार्यमा सफलता पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
यो सातामा सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । अतिथिको रूपमा सत्कार पाइनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । विश्वास गरेकाले साथ दिनेछन् । शुभकार्यको चर्चा चल्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
यो सातमा दाजुभाइ, दिदीबहिनीले तपाईँका सकारात्मक विचारलाई समर्थन गर्नेछन् । पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् । शुभकार्यको चर्चा चल्नेछ, तर स्वास्थ्य प्रति सजगता अपनाउनु पर्नेछ । प्रेम जीवनमा भने लचकता पनि अपनाउनु पर्नेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
यो साता मध्यम नै रहने छ, साताको सुरुका दिनमा मनमा निराशा र शरीरमा आलस्य आउला र स्वास्थ्य प्रति सजग रहन आवश्यक छ । मध्य साताबाट भने प्रिय व्यक्तिबाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको योजना र चर्चा चल्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
यो साता रमाइलो यात्राको सम्भावना छ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । खेतिपातीबाट बढी लाभ लिन सकिनेछ । साताको अन्त्यमा स्वास्थ्यप्रति र बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
यो साताको सुरुका दिनमा लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । नयाँ कार्यको योजना बन्नेछ । व्यापार व्यवसायमा सफलता पाइनेछ । शुभारम्भको चर्चा पनि चल्नेछ । साताको मध्यमा नियमको अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छन् ।
सम्बन्धित समाचार
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य

