असोज १३ देखि १९ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
यो साता महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्नसक्छ । धन हात पर्ने र भौतिक सुख मिल्नेछ । राजनीतिक कार्यमा ख्याति कमाउने योग छ । साताको अन्त्यमा शेयर बजार तथा व्यवसायमा नोक्सानी बेहोर्नु पर्ला ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
यो हप्ता शुभ समाचार सुन्न पाइएला । समाजमा प्रभाव पार्न सकिनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । प्रेमीले नयाँ प्रस्ताव राख्न सक्छन् । वैदेशिक क्षेत्रको काम पनि विस्तारै अघि बढ्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
यो साता कार्यक्षेत्रमा अरुले गरेका भनेका कुरा चित्त नबुझ्ला । मालसामान हराउन सक्छ, होसियार रहनु पर्छ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । मध्य सातामा विद्या र बुद्धिको विकास हुनेछ । विभिन्न कार्यक्रममा नेतृत्वदायक भूमिका निर्वाह गर्न पाइनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
यो साता कला र गलाको प्रभाव बढ्नेछ । मनोरञ्जनमा सहभागिता भइएला । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । कृषि क्षेत्रबाट सफलता मिल्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
यो साता ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । मान्यजनको सुझाव अप्रिय लाग्नसक्छ । साताको मध्यबाट आफन्तको सल्लाह, सहयोग र हौसला पाईनेछ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । घरमा अतिथिको आगमन हुनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
यो साता महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्नसक्छ । शुभकार्यको चर्चा चल्ने र नयाँ कार्यको योजना बन्नेछ । परिश्रम अनुसार उपलब्धि पनि राम्रै पाइनेछ । प्राविधिक कार्यमा सफलता मिल्नेछ । पुरानो र बिर्सिसकेको साथीको सम्झना आउनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
यो साता बढी मिहिनेतले बढी फाइदा मिल्नेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ विशिष्ट व्यक्तिबाट हौसला प्राप्त हुनेछ । मनोरञ्जन पनि होला । साताको अन्त्यमा यात्रामा सावधानी अपनाउनु पर्नेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
यो साता नयाँ ज्ञान सिक्ने मौका पनि मिल्नेछ । प्रेमप्रसङ्गमा रमाइलोपन आउनेछ । सन्तानबाट सहयोग मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । घरजग्गाको कारोबारमा विशेष सफलता मिल्नेछ । आकस्मिक धनलाभ हुन सक्छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
यो हप्तामा चुनौतीको सामना गरी गलत निर्णय लिन पुगिएला सचेत रहनुहोला । गरेको कार्यमा अवरोध आउला । सामान हराउने वा चोरी हुने भय छ । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । साताको मध्यबाट छोटो समयमा विशेष उपलब्धि हासिल गर्न सकिनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
यो सातामा प्रायस् सबै दिनहरू भाग्यशाली भएर देखा पर्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । सहयोग गर्ने र आश्वासन बाढ्नेहचरू धेरै भेटिनेछन् । व्यावसायिक योजनाको सम्भावना पनि छ । हरियो रङ्गको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्याउनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
यो साता एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ । शुभकार्यमा सरिक भइनेछ । पारिवारिक जीवन र प्रणय सम्बन्धमा पनि सकारात्मकता नै रहनेछ । मध्य सातामा प्रेममा बाधाका साथै मन कमजोर रहला । आज आर्थिक कारोबारमा विवाद बढ्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
यो साता रोकिएका काम पुनः सुरु हुन सक्छन् । मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ । नसोचेको ठाउँबाट धन हात पर्नसक्छ । प्राविधिक कार्यमा सफलता मिल्नेछ मध्य सातामा जिद्दीपना बढ्न सक्छ। विचार पुर्याएर निर्णय लिनु राम्रो होला ।
सम्बन्धित समाचार
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य

