असोज २७ देखि कार्तिक ३ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साताको सुरुका दिनमा फजुल खर्चले चिन्ता बढाउने र बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । गरेका कार्यमा अवरोध र ढिलासुस्ती हुनेछ । साताको मध्यमा शुभ समाचार सुन्न पाइनेछ । छोटो समयमा विशेष उपलब्धि हासिल गर्न सकिनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन्, तर सामान्य स्वास्थ्य समस्याले सताउन सक्छ ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
यो साता मित्र जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ । राजनीतिक कार्यमा ख्याति कमाउने योग छ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै आम्दानीका स्रोत पनि बढ्नेछन् । साताको अन्त्यमा ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नसक्छ । शेयर बजारमा नोक्सानी बेहोर्नु पर्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
यो साता केही कुराले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनसक्छ । बेला बेलामा मनमा चिन्ता, दुबिधा, मनमा अशान्ति तथा चञ्चलता आउन सक्छ । परिवारका लागि धेरै समय दिन पाइने छैन । जिम्मेवारीपूर्वक गरेको काममा समस्या आउन सक्छ, संयम रहनु होला । मध्य सातामा चिताएको कामले तीव्रता लिनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
यो साता नयाँ काममा जुट्ने समय छ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । पारिवारिक सद्भाव पनि बढ्नेछ । मित्रजनबाट साथ सहयोग मिल्ने देखिन्छ मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ । रमाइलो यात्राको योग रहेको छ । सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
यो साता स्थानान्तरण र टाढाको यात्राको सम्भावना छ । मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । भौतिक साधन जुटाउने समय छ । पारिवारिक प्रेम र सद्भाव बढेर जानेछ । धर्म कर्म तथा समाज सेवामा मन पनि लाग्नेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । सहयोगी हातहरू अघि बढ्नेछन् । रमाइलो यात्राको योग रहेको छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
यो साता बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्य सम्पादन हुनेछ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । कहीं कतैबाट धनलाभ हुने देखिन्छ । साताको मध्यमा ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नसक्छ । दबाब र तनाव बढेको महसुस हुनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
यो साता मिश्रित रहनेछ । समय व्यवस्थापन गर्न गारो पर्नेछ । आफन्तसँग मनमुटाव बढ्ला । पढाइ लेखाइमा पनि ध्यान दिन नसकिएला । झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ । मध्य सातामा मित्रजनको साथ र सहयोगमा उल्लेख्य कार्य सम्पादन हुनेछ । सामाजिक पद प्रतिष्ठा प्राप्त हुने देखिन्छ । विभिन्न कार्यक्रममा नेतृत्वदायक भूमिका निर्वाह गर्न पाइनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
यो साता पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । खर्च बढेपनि आम्दानी भन्दा खर्च बढी हुने छैन । मनोरञ्जनमा सहभागिता भइएला । विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागीको अवसर मिल्नेछ । शेयर बजारमा गरेको लगानीले पछि राम्रै लाभ दिनेछ । जग्गा जमिनको कारोबारमा राम्रो प्रतिफल आउन सक्छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
यो साता स्थान परिवर्तनका विशेष योग देखिन्छन् । नयाँ ठाउँमा घुमफिर र मन्दिर दर्शनको योजना बन्नेछ । आफन्त वा नजिकको व्यक्तिको सहयोगबाट अधुरा कार्यले गति लिनेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हात लागी हुने समय छ । साताको अन्त्यमा महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । यात्रामा सावधानी पनि अपनाउनु पर्नेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
यो साता मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । सामाजिक मान प्रतिष्ठा मिल्नुका साथै पारिवारिक सुख पनि मिल्नेछ । ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्नेछन् । इच्छा र आकाङ्क्षा पूर्ण हुन सक्छ । परिश्रम अनुसार उपलब्धि पनि राम्रै पाइनेछ । बन्द व्यापार र पेसा व्यवसायका क्षेत्रमा विशेष लाभ हुने देखिन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
यो साता राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ । यात्रा गर्दा पनि सावधानी अपनाउनु पर्नेछ । विश्वास गरेकाले त्यति साथ नदेलान् । विचार पुर्याएर निर्णय लिनु राम्रो होला । सोमबारबाट पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । । लामो यात्रा सुखद् र सफल हुनेछ । धर्म कर्म तथा समाजसेवामा मन लाग्नेछ । भौतिक सुविधाका साधन खरिद गर्ने अवसर पनि जुट्न सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
यो साता शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । चलाखीपूर्ण बोलीले कार्य सफल हुन सक्छ । रमणीय र सुखद् यात्राको योग छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । व्यापार व्यवसायमा उन्नति हुनुका साथै आर्थिक वृद्धि हुने देखिन्छ । वैदेशिक क्षेत्रको काम पनि अघि बढ्नेछ, तर विश्वासपात्रलाई वचन दिँदा संयमता अपनाउनुहोला ।
सम्बन्धित समाचार
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
ट्रेन्डिङ
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी
भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’मा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक
एनएमबि बैंक र इसिमोड बीच दिगो विकासका लागि सहकार्य

