• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२८ बैशाख २०८३, सोमबार
२८ बैशाख २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

माध्यमिक शिक्षा परीक्षाको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण
  • ८ घण्टा 

स्मार्ट होम एप्लायन्सेस विस्तार गर्दै सीजी मेरिडियाले सार्वजनिक गर्यो प्रिमियम ड्रिप कफी मेकर
  • १० घण्टा 

माध्यमिक शिक्षा परीक्षाको नतिजा आजै सार्वजनिक गर्ने बोर्डको निर्णय
  • ११ घण्टा 

एसईई २०८३ को नतिजाका लागि स्प्यारो एसएमएसको सेवा निरन्तर, ३५००१ बाट नतिजा हेर्न सकिने
  • ११ घण्टा 

२०८३ वैशाख २९ गते मंगलबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १३ घण्टा 

एसईईको नतिजा आजै सार्वजनिक हुने
  • १३ घण्टा 

रोयल टुलिप काठमाडौंले आईपीओ निष्काशन गर्ने, नबिल इन्भेष्टमेण्ट बैंकिङसँग सम्झौता
  • १३ घण्टा 

गर्मीमा राहत दिने क्रम्टन सिलिङ फ्यानको बढ्दो आकर्षण
  • १४ घण्टा 

दृष्टीविहीनका लागि कामना सेवा विकास बैंकको समावेशी बैंकिङ पहल
  • १५ घण्टा 

लोकप्रिय समाचार

  • १. पाल इन्जिनियरिङ कलेज र नेक्स्ट एआई विच एमओयू

  • २. बर्लीको आक्रामक विस्तार : २२ मोडेलसहित नेपालकै ठुलो रेञ्ज, नयाँ डेजर्ट र पर्सनल कुलर सार्वजनिक

  • ३. एलजी वास टावरको विश्वव्यापी सफलता, ३.२ मिलियन बिक्री पार

  • ४. राजधानीको भृकुटीमण्डपमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’ सुरु : नेपालसहित आठ देशको सहभागिता

  • ५. एसईईको नतिजा आजै सार्वजनिक हुने

  • ६. २०८३ वैशाख २४ गते बिहीबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ७. २०८३ वैशाख २७ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ८. अप्रिल महिनामा १ लाख ७ हजार पर्यटक नेपाल भित्रिए

  • ९. २०८३ वैशाख २५ गते शुक्रबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • १०. एसईई नतिजा हेर्ने तरिका सार्वजनिक : एसएमएस, आईभीआर र वेबसाइटमार्फत नतिजा प्राप्त गर्न सकिने

मंसिर ३० देखि पुष ०६ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

जानकारी केन्द्र २०८०, मंसिर, ३०

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
यो साता नयाँ र शुभ कार्यको योजना बन्नेछ । रमणीय र सुखद् यात्राको योग छ । धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ । आफन्त तथा दिदी बहिनीहरूले पनि सहयोग गर्नेछन् । युक्ति र बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ । बोलीको प्रभाव पनि बढ्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्लान् । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
यो हप्ता भ्रमणको योजनाहरू बन्नेछन् । प्रेम जीवन सबल र सफल हुनुका साथै आम्दानीका स्रोत बढ्नेछन् । वैदेशिक कार्य पनि अघि बढ्नेछ । परिवारमा सुख सन्तोष छाउनेछ । समाजमा कीर्तिमानी काम गर्ने समय छ । कलकारखाना र बन्दव्यापारमा पनि पुनस् सुचारु हुने र आम्दानी बढाउने काम सुचारू गर्न सकिनेछ, तर शेयर बजारको लगानी अर्थहीन हुन सक्छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
यो सातामा राम्रो नतिजा हातपार्न काम दोहोर्याउनुपर्छ । मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ । पूर्व योजित यात्राका योजना विफल हुनसक्छ । शैक्षिक क्षेत्र पनि कमजोर रहने देखिन्छ । साताको उत्तरार्धबाट सूचना र प्रविधिको प्रयोग गरि नयाँ काम गर्न सकिनेछ । बैङ्किङ क्षेत्रमा र साझेदारीको कार्यबाट राम्रो प्रतिफल प्राप्त मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
यो हप्ता शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । मनोरञ्जनको क्षेत्रमा सफलता मिल्नेछ । पुनर्मिलनको योग पनि रहेको छ । विशिष्ट व्यक्तिको भेटघाटले मन प्रसन्न हुनेछ । प्राविधिक, बिमा क्षेत्र र कृषि कार्यको व्यवसाय फस्टाएर जानेछ । सफल यात्रा पनि हुनेछ । मध्य सातामा मन खिन्न हुने स्थिति आउनेछ । नियमित खर्चसमेत बढ्ने योग छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । प्रेममा जीवनमा सफलता प्राप्त हुनेछ, तर स्वास्थ्यको ख्याल गर्नु पर्नेछ । राजनैतिक तथा समाजसेवामा जनताको गतिलो समर्थन हुने तथा समयमा काम गर्न सकिने हुनाले मानसम्मान र इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । साताको उत्तरार्धबाट नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
यो साता शुभकार्यको चर्चा चल्नेछ । चलाखीपूर्ण बोलीले गरेको कार्य सिद्ध हुनेछ । मन पर्ने व्यक्तिलाई सहयोग गर्न पनि पाइनेछ । धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । बुद्धि र विवेकको प्रयोग गर्न सके आगामी दिनलाई अझ सकारात्मक बनाउ सकिनेछ । साताको मध्यमा मन खिन्न हुने स्थिति आउनेछ । शेयर बजारको लगानी पनि अर्थहीन हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
यो साता अरूको भरले मात्र उद्देश्य पूरा नहुन सक्छ । मन सम्हाल्न आवश्यक हुनेछ, जे काम गर्नुहुन्छ होसियारी पूर्वक गर्नुहोला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । मध्य साताबाट भने लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
यो साता धार्मिक र सांस्कृतिक कार्यमा सरिक भइनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ । चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनेछ । राजनैतिक र सामाजिक क्षेत्रबाट जनताको गतिलो समर्थन पाइनेछ । बिमा क्षेत्र, कृषिकार्य, सहकारी तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । पुनर्मिलनको योग पनि रहेको छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
यो सातामा लामो समयदेखि रोकिएका अधुरा कार्यहरूको सुरुवात हुनेछन् । नजिकका व्यक्तिबाट कार्यमा सहयोग मिल्नेछ । अध्ययन वा कामको सिलसिलामा विदेशमा हुनुहुन्छ भने समयले साथ दिनेछ । कृषि र घरायसी कामहरू अघि बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । पारिवारिक भेटघाट हुनुका साथै इष्टमित्रहरूसँग पनि मेलमिलाप हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
यो साता शेयर बजार या पुँजी बजारले पनि साथ दिनेछ । वस्त्र एवं अलंकार प्राप्ति हुनेछ । स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । वैदेशिक वा कूटनीतिक नियोगको काम अघि बढ्नेछ । कृषि कार्यका कमहरू सहजै सम्पन्न हुनेछन् । साहित्यिक क्षेत्रमा रुचि बढ्ने र धार्मिक यात्राको योग पनि छ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ साथै अकस्मात् धन सम्पत्ति हात पर्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
यो साता अरुले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु होला । सरकारी तथा प्रशासनिक काम गर्दा झन्झट बेहोर्नु पर्नेछ भने सरकारी ओहोदामा बसेर सेवा प्रवाह गर्नेहरूले दुःख दिन सक्छन् । मङ्गलबारबाट नयाँ जिम्मेवारी पाइएला । पुनर्मिलनको विशेष योग रहेको छ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । स्वादिष्ट परिकारले समेत प्रतीक्षा गर्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
यो साता पुनर्मिलनको विशेष योग रहेको छ । नयाँ र शुभकार्यको चर्चा पनि चल्नेछ । सूचना, प्रविधि र वैदेशिक क्षेत्रको व्यवसाय फस्टाएर जानेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ । पारिवारिक साथ र सहयोग मिल्नेछ । साताको मध्यमा मन खिन्न हुने स्थिति आउनेछ । आर्थिक कारोबारमा मन्दी पनि आउनेछ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ वैशाख २९ गते मंगलबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ वैशाख २८ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ वैशाख २७ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

ताजा

माध्यमिक शिक्षा परीक्षाको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

स्मार्ट होम एप्लायन्सेस विस्तार गर्दै सीजी मेरिडियाले सार्वजनिक गर्यो प्रिमियम ड्रिप कफी मेकर

माध्यमिक शिक्षा परीक्षाको नतिजा आजै सार्वजनिक गर्ने बोर्डको निर्णय

एसईई २०८३ को नतिजाका लागि स्प्यारो एसएमएसको सेवा निरन्तर, ३५००१ बाट नतिजा हेर्न सकिने

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.