नथन लायनको टेस्ट क्रिकेटमा ५ सय विकेट, यी हुन् धेरै विकेट लिने खेलाडीहरु
काठमाडौं । अस्ट्रेलियन बलर नथन लायनले टेस्ट क्रिकेटमा ५ सय विकेट पूरा गरेका छन् । टेस्ट क्रिकेटमा ५ सय विकेट लिने लायन आठौँ खेलाडी बनेका छन् । यसअघि ८ खेलाडीले ५ सयभन्दा धेरै विकेट लिएका छन् ।
श्रीलंकाका पूर्व क्रिकेटर मुथैया मुरलिथरनले ८ सय विकेट, अस्ट्रेलियाकै शेन वार्नले ७ सय ८ विकेट, इंग्ल्यान्डका जेम्स एन्डरसनले ६ सय ९० विकेट, भारतका अनिल कुम्बलेले ६ सय १९ विकेट, इंग्ल्यान्डका स्टुआर्ट ब्रोडले ६ सय ४ विकेट, अस्ट्रेलियाकै ग्लेन म्याकग्राथले ५ सय ६३ तथा वेस्ट इन्डिजका कर्टनी वाल्सले ५ सय १९ विकेट लिएका छन् ।
लायनले भने ५ सय विकेट पूरा गर्दा अस्ट्रेलियाले पाकिस्तानविरुद्ध पहिलो टेस्ट क्रिकेटमा ५ विकेटको जित हात पारेको छ । उनले पहिलो इनिङ्समा ३ तथा दोस्रो इनिङ्समा २ विकेट लिएका थिए । अस्ट्रेलियाले पाकिस्तानलाई पहिलो टेस्टमा ३ सय ६० रनले पराजित गरेको छ । ३६ वर्षीय लायनले १ सय २३ टेस्ट खेलमा ५ सय विकेट पूरा गरेका हुन् ।
सम्बन्धित समाचार
चेम्बरद्वारा अत्यावश्यक सामग्री ढुवानीमा सहजीकरण गर्न सहजीकरण डेस्क स्थापना
वनस्पति घ्यू तेल उत्पादक संघद्वारा विपद् राहत कोषमा १ करोड १ लाख सहयोग
नबिल बैंकको ५.५५ डिबेञ्चर–२०९३ आउँदै, बिक्री प्रबन्धकमा नियुक्ति
विपद् प्रभावितको सहयोगमा नेरूडे मिर्मिरे,उद्धार कोषमा २८ लाख २० हजार योगदान
सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार?
एनएमबि बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि रु. तीन करोड एकाउन्न लाख रुपैयाँ सहयोग
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

