नयाँ ढङ्गले धक्का दिएर अर्को क्रमभङ्ग गर्ने तयारीमा छुः प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेरि नयाँ धक्का दिएर जनताको पक्षमा काम गर्ने बताएका छन् । आज (शुक्रबार) सुनसरीस्थित इनरूवा सबस्टेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू प्रधानमन्त्री बनेको तेस्रो कार्यकालको एक वर्ष पूरा हुन लागेको उपलक्ष्यमा धक्का दिएर देश र जनताको पक्षमा काम गर्ने तयारी रहेको बताएका हुन् ।
मेरो तेस्रो कार्यकाल एक वर्ष पूरा हुँदैछ । एक वर्ष पूरा भएपछि मैले नयाँ ढंगले केही धक्का दिएर, अघि यहाँ हाम्रो मुख्यमन्त्रीजीले क्रमभंग भन्नुभयो, म साँच्चै क्रमभंग गर्दैछुृ । त्यतिबेला आम नेपाली जनताको साथ हुने कुरा पनि म विश्वास व्यक्त गर्न चाहन्छ्ु,’– उनले भने ।
केही मानिसहरुले अहिले नेपालमा केही गर्न सकिँदैन भनेर नयाँ भाष्य निर्माण गर्न खोजेको र नेपाललाई असफल बनाउनेतर्फ लागिपरेको उनले बताए । उनले नकारात्मक भाष्यबाट नेपाली जनतालाई निराश बनाउने र असफल राष्ट्र बनाउने षड्यन्त्रबाट सावधान रहनसमेत उनले अपील गरे ।
‘मानिसहरुमा अहिले एउटा भाष्य बडो नकारात्मक, जनतालाई निराश पार्ने, नेपाल अध्यारोमात्रै छ, उज्यालो काहीँपनि छैन, नेपाल बस्न लायक देश होईन भन्ने गलत भाष्य बनेको छ । म यो मञ्चबाट आम जनतालाई यो नकारात्मक भाष्यबाट नेपाली जनतालाई निराश बनाउने र असफल राष्ट्र बनाउने षड्यन्त्रबाट सावधान रहन अपील गर्न चाहन्छु,’– प्रधानमन्त्री प्रचण्डले भने ।
नेपाल उज्यालो छ, हाम्रो धेरै सम्भावना छ र नेपालको भूगोल, सम्पदा अन्य धेरै चिजहरुलाई प्रयोग गरेर विकास र समृद्धि सम्भव छ भन्ने विश्वास जनतामाझ जगाउन सरकार लागिरहेको उनले बताए ।
साथै, उनले केही दिनभित्रनै सुकुम्बासीलाई जग्गा दिने र वनलाई विकास विरोधी होईन भन्ने प्रमाणित गर्नका लागि सरकारले ऐन ल्याउन लागेको बताए । उक्त ऐन नेपालको इतिहासमा महत्वपूर्ण कोशेढुंगा सावित हुने उनको दाबी छ ।
साथै, आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण रुपमा विद्युतीकरण घोषणा गर्ने गरी सम्पूर्ण तयारी भइसकेको उनको दाबी छ । उद्घाटन समारोहलाई सुनौलो दिनको संज्ञा दिँदै उक्त दिन छिट्टै आउने बताए ।
‘नेपाल सरकारको दिशानिर्देश, नेपाल विद्युत प्राधिकरणको योजना र नेपाली जनताको साथ र सहयोगले नेपालको उर्जा क्षेत्रले फड्को मारिरहेको छ । घर र बस्तीमा बत्ती बाल्न मात्र नभएर समृद्धि र देशलाई नै उज्यालो बनाउन विद्युत् उत्पादन, प्रसारण र वितरण गर्ने योजनाका साथ अहिले उत्साहजनक कामहरु भइरहेका छन्,’– उनले भने ।
प्रधानमन्त्रीले विगतमा आफ्नै नेतृत्वको सरकारले जनतालाई अँध्यारो लोडसेडिङको कहालिलाग्दो युगबाट मुक्त गरी उज्यालो नेपालको यात्रा अगाडि बढाएको समेत स्मरण गराए ।
सम्बन्धित समाचार
हिमालय अर्गनाइजेसन र गोर्खाज फाइनान्स लिमिटेडबीच ८०% सम्म सवारी कर्जा उपलब्ध गराउने सम्झौता
कुलेखानी जलाशयको सतह १,५२५ मिटर नाघेपछि तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
फिनोभेटिभ ग्रुपको प्रथम साधारण सभा सम्पन्न, ३ वर्षमा पुँजी ३० करोड पुर्याउने लक्ष्य
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल आउँदै
रु.१० मै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी

