बालकुमारी घटनाः पीडित परिवार र सरकारबीच चार बुँदे सहमति
काठमाडौं । गत शुक्रबार ललितपुरको बालकुमारीमा दुई जना युवाको ज्यान जानेगरी भएको घटनामा मृतकका परिवार र सरकारबीच चार बुँदे सहमति भएको छ । कोरिया भाषा परीक्षा विवादमा प्रदर्शनमा उत्रिएका युवामाथि उक्त घटनामा प्रहरीले गोली चलाएको थियो । प्रहरीले चलाएको गोली लागेर दैलेखका २३ वर्षीय सुजन रावत र अछामका २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भएको थियो ।
सोमबार पीडित परिवार र गृहमन्त्रालयका प्रतिनिधिबीच चार बुँदे सहमति भएको हो । सहमतिमा पीडित परिवारलाई रोजगारी दिनेदेखि मृतकलाई सहिद घोषणा गर्न पहल गर्नेसम्मका बुँदाहरु समावेश गरेका छन् । पीडित परिवारले आजै लास बुझ्नै र सम्बन्धित गृह जिल्ला पठाइने बताइएको छ ।
भाषा परीक्षा विवादमा प्रदर्शन भइरहँदा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला सोही बाटो आएपछि घटनाले उग्र रुप लिएको थियो । प्रर्दशनकारीहरुले मन्त्रीको गाडीमा समेत आगजानी गरेका थिए । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजै बसेको बैठकलाई गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले समेत मन्त्री ज्वालाका कारण घटना घटेको दाबी गरेका छन् । मन्त्री ज्वालाको राजीनामासमेत मागिएको छ ।
सम्बन्धित समाचार
हिमालय अर्गनाइजेसन र गोर्खाज फाइनान्स लिमिटेडबीच ८०% सम्म सवारी कर्जा उपलब्ध गराउने सम्झौता
कुलेखानी जलाशयको सतह १,५२५ मिटर नाघेपछि तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
फिनोभेटिभ ग्रुपको प्रथम साधारण सभा सम्पन्न, ३ वर्षमा पुँजी ३० करोड पुर्याउने लक्ष्य
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल आउँदै
रु.१० मै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी

