रास्वपा सभापति लामिछाने भन्छन्ः ‘राज्यको छाडा प्रवृत्ति स्वीकार्न सकिँदैन’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राज्यको छाडा प्रवृत्ति स्वीकार गर्न नसकिने बताएका छन् । ललितपुरको बालकुमारीमा दुई जना र सर्लाहीको बरहथवामा एक जना युवाको ज्यान जानेगरी भएको घटनालाई लिएर उनले यस्तो बताएका हुन् । बालकुमारीमा प्रशासनले अत्यधिक बल प्रयोग गर्दा दुई युवाको मृत्यु भएको उनको दाबी छ । त्यस्तै सर्लाहीको बरहथवामा राज्यकै गोलीबाट ती युवा मारिएका उनले उल्लेख गरेका छन् ।
विरोध व्यवस्थापन गर्न नसक्ने र आम जनतालाई गोली ठोक्ने नेतृत्वलाई जवाफदेही बनाउन पर्ने उनले बताएका छन्। घटनाका पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्न र दोषीलाई तुरुन्त करबाही गर्न उनले माग गरेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्ः
ललितपुरको बालकुमारीमा युवाहरूले गरेको प्रदर्शनमा प्रशासनले अत्यधिक बल प्रयोग गर्दा दुई युवाले ज्यान गुमाएको घटना नसेलाउँदै हिजो सर्लाहीको बरहथवामा स्थानीयको प्रदर्शनका क्रममा राज्यकै गोली खाई एक युवकको ज्यान गएको छ । लोकतन्त्रमा राज्यको यो खालको छाडा प्रवृत्ति स्वीकार गर्न सकिदैन । विरोध व्यवस्थापन गर्न नसक्ने र आम जनतालाई गोली ठोक्ने नेतृत्वलाई जवाफदेही बनाउनै पर्छ । यस दुःखद घटनाका पीडितलाई क्षतिपूर्ति दिन, दोषीलाई तुरुन्त करबाही गर्न र यो घटनासँग सम्बन्धित तलदेखि माथिसम्मका सबैलाई जवाफदेही बनाउन नेपाल सरकारसँग जोडदार माग गर्दछु।
सम्बन्धित समाचार
हिमालय अर्गनाइजेसन र गोर्खाज फाइनान्स लिमिटेडबीच ८०% सम्म सवारी कर्जा उपलब्ध गराउने सम्झौता
कुलेखानी जलाशयको सतह १,५२५ मिटर नाघेपछि तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
फिनोभेटिभ ग्रुपको प्रथम साधारण सभा सम्पन्न, ३ वर्षमा पुँजी ३० करोड पुर्याउने लक्ष्य
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल आउँदै
रु.१० मै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी

