सिट भागबन्डामा अन्तिम निर्णय लिन गठबन्धनको बैठक बस्दै, असन्तुष्ट एसलाई फकाउने तयारी
काठमाडौ । सत्ता गठबन्धनमा आबद्ध दलका नेताको बैठक आज पनि बस्दै छ । हिजो शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राति अबेरसम्म बसेको बैठकमा केही दल असन्तुष्ट बनेपछि आज निर्णायक बैठक बस्न लागेको हो ।का थिए ।
शनिबार रातिको बैठकमा राष्ट्रिय सभामा रिक्त १९ सिटका लागि गरेको सहमती अनुसार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल असन्तुष्ट बनेर बिचैमा हिँडे पछि तीन दलले चार प्रदेशमा आपसी भागबण्डा गरेका थिए । एकीकृत समाजवादी आफूले पाउने सिटप्रति असन्तुष्टी जनाएर हिडेपछि कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादीले सिटको भागबन्डा गरेका हुन् ।
एकिकृत समाजवादीले तीन सिटमा दाबी गर्दै आएको छ । तर कांग्रेस र माओवादीले दुई सिटमात्र दिन सकिने बताएपछि समाजवादी असुन्तुष्ट छ। सोहि विषयमा आज पुनः छलफल गरेर निणर्यमा पुग्ने गठबन्धनको तयारी छ । शनिबारको छलफलमा कांग्रेसले १०, माओवादीले ६, एकीकृत समाजवादीले २ र जसपाले १ सिट पाउने निर्णय गरेको थियो।
कोशीमा कांग्रेसले १ र माओवादीले १, मधेशमा कांग्रेसले १ र जसपाले १, सुदूरपश्चिममा कांग्रेसले १ र माओवादीले १ र लुम्बिनीमा कांग्रेसले १ र माओवादीले १ सिट पाउने अनौपचारिक सहमति भएपनि यसमा समाजवादी सन्तुष्ट देखिएको छैन् । वाग्मती, गण्डकी र कर्णालीमा कांग्रेस र एकीकृत समाजवादीबीच सिट बाँडफाँटमा सहमति हुन बाँकी छ । माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनका लागि सातै प्रदेशमा भोली उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ ।
सम्बन्धित समाचार
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
साइमेक्सद्वारा देशभर ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु, सबै सर्भिस सेन्टरमा लागु
कडा प्रतिबन्धका बिचमा २२ अर्ब डलर कमाउन उत्तर कोरिया सफल
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस

