राष्ट्रिय सभा निर्वाचनः माओवादीले पायो ६ सिट
काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सत्तारुढ गठबन्धन दलले भागबण्डा टुङ्ग्याएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज (आइतबार) बसेको बैठकले राष्ट्रिय सभा निर्वाचनका लागि भागबण्डा टुंग्याएको हो ।
सत्ता गठबन्धन दलको बैठकले नेकपा (माओवादी केन्द्र) लाई राष्ट्रिय सभामा ६ सिट दिएको छ । राष्ट्रिय सभामा रिक्त हुने २० सिटमध्ये १९ सिटका लागि निर्वाचन हुँदैछ । जसमा माओवादीले ६ सिट पाएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहित चार दलका नेताहरू सहभागी थिए ।
त्यस्तै, सत्तारुढ दलमा नेपाली कांग्रेसले १० सिट, नेकपा (एकीकृत समाजवादी) ले २ सिट र जनता समाजवादी पार्टीले १ सिट पाएको छ ।
आगामी माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनका लागि सातै प्रदेशमा भोलि उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ ।
सम्बन्धित समाचार
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
साइमेक्सद्वारा देशभर ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु, सबै सर्भिस सेन्टरमा लागु
कडा प्रतिबन्धका बिचमा २२ अर्ब डलर कमाउन उत्तर कोरिया सफल
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
पृथ्वी मुनि विशाल परिमाणमा भेटियो सुन, सतहमा फैलाए ५० सेमी बाक्लो तह
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
ट्रेन्डिङ
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस

