Jankari Kendra
११ आश्विन २०८३, आईतवार
Worldlink

कांग्रेसले टुंग्यायो राष्ट्रियसभाका उम्मेदवार, दुई पटक चुनाव हारेका सिटौला पनि

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८०, पुष, २३
कांग्रेसले टुंग्यायो राष्ट्रियसभाका उम्मेदवार, दुई पटक चुनाव हारेका सिटौला पनि

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उमेदवार टुंगो लगाएको छ । कांग्रेसले संस्थापन पक्षका सात र संस्थापन इतरका तीनसहित दश उमेदवारको सोमबार बिहान टुंगो लगाएको हो ।

कोशी प्रदेशमा कृष्णप्रसाद सिटौला, मधेसमा आनन्द प्रसाद ढुंगाना, वाग्मतीमा विष्णुदेवी पुडासैनी र जितजंग बस्नेतले टिकट पाएका छन् । कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अुनसार गण्डकीमा किरणबाबु श्रेष्ठ र पदमबहादुर परियारले टिकट पाएका छन् ।

लुम्बिनीमा कांग्रेसले विष्णुदेवी सापकोटालाई टिकट दिएको छ । कर्णालीमा कृष्णबहादुर रोकाया र सुदूरपश्चिममा नारायणदत्त भट्ट र बलदेव बोहराले टिकट पाएका छन् ।

 

Top Changing Nepal

युट्युब सट्स