तत्काल कम्युनिष्ट पार्टीबीच एकताको सम्भावना छैन : शंकर पोख्रेल
राँझा (बाँके) । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले अहिले एमालेको प्राथमिकतामा सरकार नरहेको बताएका छन् । प्रेस चौतारी नेपाल बाँकेले सोमबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “अहिले हाम्रो प्राथमिकताका सरकार होइन, जनताका समस्याप्रति चिन्तित भएका छौँ ।” वर्तमान सरकारले जनताका समस्या सम्बोधन गर्न र विकास तथा समृद्धिका यात्रामा ध्यान दिन उनले सुझाव दिए ।
कम्युनिष्ट पार्टीबीच तत्काल पार्टी एकताको सम्भावना नरहेको उल्लेख गर्दै महासचिव पोखरेलले भने, “विगतमा सकारात्मक सोंचका साथ पार्टी एकता भएको थियो तर सफल हुन सकेन, अब नेता नेताको असफल एकताको पछि होइन कार्यकर्ता र जनताको एकता गर्दै पार्टीलाई बलियो शक्तिका रुपमा स्थापित गर्न लागिपरेका छौँ ।”
प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकायको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा एमाले पोलिटब्युरो सदस्य सुजिता शाक्य, खेममान खड्का, केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य सूर्य ढकाललगायत सहभागी थिए ।
सम्बन्धित समाचार
हिमालय अर्गनाइजेसन र गोर्खाज फाइनान्स लिमिटेडबीच ८०% सम्म सवारी कर्जा उपलब्ध गराउने सम्झौता
कुलेखानी जलाशयको सतह १,५२५ मिटर नाघेपछि तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
फिनोभेटिभ ग्रुपको प्रथम साधारण सभा सम्पन्न, ३ वर्षमा पुँजी ३० करोड पुर्याउने लक्ष्य
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
स्याक्म्यानका एक्स–५०००ई विद्युतीय ट्र्याक्टर र डम्प—ट्रक नेपाल आउँदै
रु.१० मै ‘जात्रा केयर’ बीमा, २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी

