पर्यटकको पर्खाइमा डोटीको बडीकेदारधाम
दिपायल (डोटी), । पर्यटनको आकर्षक गन्तव्यका रुपमा रहेको डोटीको दक्षिणी भेगमा पर्ने बडीकेदारधाम पछिल्लो समय पर्यटकको पर्खाइमा रहेको छ । समुद्री सतहदेखि दुई हजार पाँच सय मिटर उचाइमा पर्ने बडीकेदारधाम दक्षिण डोटीको बडीकेदार र बोगटान फुड्सिल गाउँपालिकाको दोसाँधमा अवस्थित छ ।
प्रचारप्रसारको अभावमा ओझेलमा परेको यो स्थल पदयात्राका लागि उपयुक्त गन्तव्य मानिए पनि पूवार्धार निर्माण नहुँदा यहाँ आन्तरिक पर्यटक मात्रै पुग्ने गरेका छन् । स्थानीयवासीले यस क्षेत्रको विकासका लागि सरोकारवाला निकायसँग माग गरिरहेका छन् । सहजपुर विपीनगर बोगटान दिपायल सडकबाट गाडीमा करिब दुई घण्टाको पैदलयात्रामा बडीकेदारधाम पुग्न सकिन्छ ।
ग्रामीण कला, संस्कृति र परम्परासँग रमाउँदै बडीकेदार पुग्न सकिने भए पनि अहिलेसम्म यस क्षेत्रको पूर्वाधार निर्माणमा कसैको ध्यानपुग्न सकेको छैन । यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमनको वातावरण बनाउने हो भने यहाँको व्यापार व्यवसायसँगै आयआर्जनमा पनि टेवा पुग्ने स्थानीवासी बताउँछन् ।
बडीकेदारधामअन्तर्गत रहेका मठमन्दिर गुफा, झरनाको पूर्वाधार विकास र प्रचारप्रचार नहुँदा यो क्षेत्र प्रशस्त सम्भावना भएर पनि ओझेलमा परेको बडीकेदार गाउँपालिका–५ का स्थानीय वीरबहादुर बोहराले बताए ।
यस क्षेत्रको विकाससँगै प्रचारप्रसार गर्न सकेमा यहाँका नागरिकको रोजगारीसँगै आयआर्जनमा वृद्धि हुने बडीकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी अधिकृत दीपेन्द्रराज सिराडीले बताए । यस क्षेत्रमा पूर्वाधार विकास गरी प्रचारप्रसार गर्न स्थानीयतह, प्रदेश र सङ्घीय सरकारका साथै पर्यटन व्यवसायीसँग समन्वय भइरहेको उनले जानकारी दिए ।
कार्यकारी अधिकृत सिराडीले भक्तजनको आगमनमा सुविधा उपलब्ध गराउन आवश्यक पूर्वाधार बाटो, धारा, मूलभवन, मूर्ति, शौचालय, पर्खाललगायत पूर्वाधार बनाउन बाँकी रहेको भन्दै यस विषयमा सरोकारवाला निकायसँग छलफल भइरहेकाले छिट्टै काम अगाडि बढ्ने बताए ।
प्रचारप्रचारका लागि स्थानीयतहका, वडा तथा गाउँपालिका र प्रदेश सरकारसँग समन्वय भई कामको योजना बनाइने बोगटन फुड्सिल गाउँपालिकाका अध्यक्ष कमल गड्सिलाले बताए । बडीकेदारधामको धार्मिक, सांस्कृतिक, ऐतिहासिकरुपमा प्रचारप्रचार गर्नका लागि बडीकेदार गाउँपालिकाले पहल गरिरहेको गाउँपालिकाका अध्यक्ष भैरवबहादुर साउदले जानकारी दिए । यस क्षेत्रको विकास गर्न सके समग्र पालिकासँगै जिल्लाको विकासमा सहयोग पुग्ने उनको भनाइ थियो ।
सम्बन्धित समाचार
क्रम्पटनले ल्यायो दसैँ विशेष उत्सव योजना – २५ प्रतिशतसम्म क्यासब्याक र बम्पर उपहार
बजाज पल्सर एनएस सिरिजको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट
बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक
नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
सीजी डिजीटलले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५ % सम्मको छुट स्योर सट उपहार र भाग्यशाली ड्रको विशेष अफर
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह
यस दशैंमा आयोनको विशेष उपहार, आकर्षक अफरसहित तत्काल डेलिभरी

